काभ्रेमा विप्लपका कार्यकर्ता र प्रहरीबीच झडप !

73







काभ्रेमा विप्लपका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। घटनाको विस्तृत विरण आउन बाँकी छ। विप्लवका कार्यर्तालाई पछ्याउँदै जाने क्रममा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान भएको खबर प्राप्त भएको छ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालले गोली हानाहान भएको घटनाको पुष्टि गरेका छन् । उनले भने, ‘विप्लव समूहका केही सदस्यलाई फलो गर्दै हाम्रो टोली त्यसतर्फ गएको थियो । उनीहरुले गोली चलाएपछि दोहोरो फायरिङ भएको भन्ने कुरा आएको छ । विस्तृत विवरण आइसकेको छैन ।’

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा, टेकुको टोली र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सदस्यबीच गोली हानाहान भएको हो ।

गत फागुन २८ गते सरकार

ले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएपनि देश फेरि द्वन्द्वमा जाने आशंका बढेको छ । प्रतिबन्धपछि प्रहरीले सो पार्टीका दर्जन बढी कार्यकर्तालाई पक्राउ गरिसकेको छ ।

 

You might also like
Loading...