पत्नी उपचारका लागि अमेरिका पुगेका प्रचण्डलाई ‘नो इन्भेष्टिगेशन’ सर्कुलर


अमेरिका । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि अमेरिकामा ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी भएको छ ।




पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका प्रचण्डमाथि आतंकवादी भन्दै उजुरी परेको खबर बाहिर आएलगत्तै पुनः ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी भएको समाचार आएको हो ।

प्रचण्डपत्नी सीता दाहालको अमेरिकाको जोन हप्किन्स अस्पतालमा उपचार सुरु भएको छ । चिकित्सकको सल्लाह बमोजिम भर्ना गर्ने वा नगर्ने भन्ने यकिन भने भइसकेको छैन ।




उनकोे स्वास्थ्य परीक्षण गरेपछि कति समय उपचार गर्ने विषय तय हुने नेपाली दूतावास स्रोतले बताएको छ । उपचारको सबै समन्वय डिसीस्थित नेपाली दूतावासले गरेको छ ।

दाहाल पत्नी सीता, छोरी गंगा र ज्वाइँसहित अमेरिका पुगेका हुन् ।

मुलुकभित्र विवाद परेका र अमेरिका जाने अन्य यस्ता नेताका नाममा यस्तो सर्कुलर जारी हुने गर्छ । अमेरिका भ्रमणका क्रममा उत्पन्न हुनसक्ने कानुनी झमेला हटाउन यस्तो सर्कुलर गरिएको हो ।

सर्कुलरपछि अमेरिकी सरकारका कुनै पनि निकायले कारबाही अगाडि बढाउन सक्दैनन् । भ्रमण अघि बढाउन अमेरिकी राजदूत रेण्डी बेरीले दाहालकै निवासमा पुगेर भेट गरी यस्तो सन्देश दिएका थिए ।

राजधानी दैनिकबाट




सम्बन्धित
Loading...