आस्थाका आधारमा कुनै पनि दललाई प्रतिबन्ध लगाउनु दुर्भाग्यपूर्णः परि थापा


रवि पाण्डेय / दिनेश श्रीवास्तव
नेपालगंज। नेकपा (क्रान्तिकारी माओवादी)को क्रान्तिकारी संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ५ नम्बर प्रदेशको प्रथम सम्मेलन भब्य ¥याली सहित उद्घाटन गरिएकोछ ।
बाँके जिल्लाको नेपालगंज स्थित त्रिभुवन चोकमा जनसभा आयोजना गरी मोर्चाले आफ्नो प्रथम सम्मेलन उद्घाटन गरेको हो ।
सो कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय सचिव परि थापाले आस्थाका आधारमा कुनै पनि दललाई प्रतिबन्ध लगाउनु दुर्भाग्यपुर्ण रहेको बताउनुभयो ।
उहाँले पंचायतले राजनैतिक दललाई लगाएको प्रतिबन्ध जस्तै गरी दल माथि प्रतिबन्ध लगाउने रबैया ठिक नभएको बताउनु भयो । बल प्रयोगले क्रान्ति रोकिदैन – पूर्व सांसद समेत रहनु भएका नेता थापाले भन्नु भयो – प्रतिक्रियावादी सत्ताले बल प्रयोग गर्दा क्रान्ति रोकिदैन तर क्रान्तिकारीहरुले बल प्रयोग गर्दा क्रान्ति हुन्छ ।
ओली नेतृत्वको वर्तमान सरकार राष्ट्रघात जनघात र कमिशनखोरीमा लिप्त रहेको उहाँले बताउनु भयो । उहाँले नक्कली कम्युनिष्टहरुले जनतालाई भ्रम पारेको भन्दै देजमोको राष्ट्रिय सम्मेलनले त्यो सबै चिर्ने दावी गर्नु भयो । फरक प्रसंगमा नेता थापाले देशभक्त जनगणतान्त्रिक मोर्चालाई कार्यक्रम गर्न रोक लगाएर सरकारले आफ्नो प्रहरी प्रशासन कमजोर छ भन्ने पुष्टि गरेको बताउनु भयो ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का पोलटब्युरो सदस्य तथा प्रदेश सेक्रेटरी प्रेम सुवेदी, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का महासचिव धनेश्वर पोखरेल, क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा बाँके जिल्ला ईञ्चार्ज भुपेन्द्र न्यौपाने, देजमोका केन्द्रीय सदस्य टिपु सुल्तान, अखिल क्रान्तिकारीका केन्द्रीय सचिव महेश श्रेष्ठ, महिला नेतृ निमकला पुन , क्रान्तिकारी पत्रकार महासंघका लोकराज जैसी लगायतले सम्बोधन गर्ने क्रममा यदि सरकार दमनमा उत्रिए त्यसको प्रतिकार गर्ने चेतावनी दिनु भएको थियो ।
कार्यक्रम देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका प्रदेश संयोजक के.बी गुरुगको अध्यक्षता तथा हिरामणी दुखीको संचालन र सुरेश ओलीको स्वागतमा सम्पन्न भएकोे थियो । कार्यक्रममा सांस्कृतिककर्मीहरुको स्मृतिमा बिभिन्न कविता समेत वाचन गरिएको थियो । उद्घाटन पूर्व भब्य ¥याली सहित नगर परिक्रमा गरी जनसभामा परिणत भएको थियो । त्यस्तै प्रथम सम्मेलनको बन्दै सत्र  बुधवार नयाँ नेतृत्व चयन गरी समापन हुने बताइएकोछ ।







सम्बन्धित
Loading...