विप्लवको राजनैतिक माग छैन –डा बाबुराम भट्टराई

नवलपरासी – नयां शक्तिका संयोजक डा बाबुराम भट्टराईले नेकपा (बिप्लब )समुह राजनैतिक एजेण्डा नभएका कारण जनमत उनिहरुको पछि नदेखिएकोे बताएका छन् ।
राष्ट्रिय चासोका बारेमा प्रष्ट राजनैतिक माग नभएका कारण उनिहरुको मागले जनमत तान्न सकेको छैन । सरकारले सम्बोधन गर्न नसकेका कारण केहि साथिहरु त्यता लागेको भएपनि प्रष्ट राजनैतिक माग नभएका कारण उनिहरुको पछि जनमत नभएको भट्टराईले दावी गरे । उनिहरुको प्रष्ट राजनैतिक माग नै नभएकाले नेकपा बिप्लक समुहको आन्दोलनको औचित्य पुष्टि नभएको बताए ।
भट्टराईले आफुहरुले जनआन्दोलन शुरु गर्नु अघि ४० सुत्रिय माग सरकार समक्ष राखेको र कुनैमागका बारेमा पनि तत्कालिन सरकारको ध्यान नगएका कारण जनयुद्ध थाल्न परेको र सफल भएको बताए । माग नै प्रष्ट नभएको आन्दोलनले छिटफुट घटना घटाएपनि राजनैतिक यात्रा पुरा गर्न नसक्ने पटक पटक दावी गरे ।
राजनिति चक्र सफल हुन समय , श्रम र श्रोतको ब्यबस्थापन महत्वपुर्ण हुने चर्चा गरे गर्दै नया शक्तीका संयोजक समेत रहेका भट्टराईले राजनैतिक अबस्था चिन्न नसकेर गरिने आन्दोलन आफै सकिदै जाने दावी गरे ।
बिहिवार दुम्कौलीमा आयोजित गुरु प्रसाद गौतम स्मृति प्रतिस्ठानको साधारण सभामा बोल्दै उनले उक्त कुरा बताएका हुन । सरकारको आलोचना गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले सरकारले सिके राउतलाई छुटाउन अदालतलाई समेत प्रभावित गरेर ऐतिहासिक भुल गरेको बताए । भट्टराईले सरकारले अदालतमा सेटि¨मिलाएर राउतलाई छुटाएर न्यायलयमाथि ठाडो हस्तक्षेप गरेको आरोप लगाए । हतारमा ११ बुंदे सहमतीको नाममा राउतसंग अपारदर्शि सम्झौता गरेको आरोप लगाए ।
प्रतिस्ठानले बिभिन्न बिधामा उत्कृष्ठ ठहरीएका २५ जनालाई गौतम स्मृति प्रतिस्ठानवाट पुरस्कृत गरिएको थियो । एक वर्ष अघि निधन भएका गौतमका परिवारजनले उनको स्मृतिमा प्रतिस्ठान गठन गरेर जिल्लाका बिधिन्न बिधामा उत्कृष्ठ ठहरीनेहरुलाई पुरस्कार र सम्मान गरेको थियो ।

484 Shares

Related Articles