जनप्रतिनिधिले नै लखेटी लखेटी गाउँले कुटेपछि !


दाङ,चैत ८ । दाङमा एकजना वडा सदस्यले लखेटी लखेटी मानिस कुटेको अभियोग लागेको छ । घोराही उपमहानगरपालिका वडा नं. १९ का वडा सदस्य जंगबहादुर रोकाले वडा नं. १८ निवासी २८ बर्षीय श्यामलाल सुनारलाई लखेटी लखेटी चिरपटले कुटेर घाइते तुल्याएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले घटना पछि वडा सदस्य रोका फरार रहेको जानकारी दिए ।

विहीवार बेलुका ९ बजेतिर वडा सदस्य रोका, उनका भाइ इन्द्रबहादुर रोका, संजय विश्वकर्मा र सुरेश मगरले सुनारलाई लखेटी लेखेटी हात खुट्टा तथा चिरपटले निर्घात कुटपिट गरेको एसपी पाण्डेले बताए ।

कुटपिटमा संलग्न रहेका मध्य इन्द्रबहादुर रोका र संजय विश्वकर्मालाई पक्राउ गरेको तथा अन्यको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कुटपिटबाट सुनारको टाउको लगायत शरिरका विभिन्न भागमा चोट पटक लागेको पनि प्रहरीले जानकारी दिएको छ ।
यसैबीच तुलसीपुरमा मदिराले मातेका युवाहरुका बीचमा कुटाकुट हुँदा थप तीन जना गम्भीर घाइते भएका छन् ।

तुलसीपुर उपमहानगपरपालिका वडा नं. ७ मोतिपुरमा युवाहरुका बीच कुटाकुट हुँदा वडा नं. ६ कपडादेवी निवासी २१ बर्षीय सञ्तोष चौधरी, सोही उमेरका दिकप चौधरी र २२ बर्षीय अर्जुन चौधरी घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भीक उपचार पछि उनीहरुलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको प्रहरीले जानकारी दिएको छ । घाइते सबैलाई टाउको, अनुहार लगाएत शरिरका विभिन्न भागमा चोट पटक लागेको छ ।

267 Shares

Related Articles