नारायणघाट–बुटवल सडक चार लेनमा स्तरोन्नति शुरु, प्रधानमन्त्री ओलीले गरे शिलान्यास

100







बुटवल । नारायणघाट–बुटवल ११४ किमी सडक चार लेनमा स्तरोन्नति गर्नका लागि शुक्रबार शिलान्यास गरिएको छ ।

एशियाली विकास बैंकको ऋण सहयोगमा सडक स्तरोन्नति शुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा सडक स्तरोन्नतिका लागि शिलान्यास गरे ।

सडक स्तरउन्नति शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले २०८० देखि ८५ सालको समय सुरुङ मार्गको युग हुने बताए ।
उनले ७५ देखि ८० सालसम्म सडक युग र ८० देखि ८५ सम्म सुरुङ मार्गको युग हुने बताए । देशमा विकासको युग सुरु भएकाले विपक्षीहरुले विरोध गर्दैमा नरोकिने उनको दावी छ ।

प्रधानमन्त्री ओलीले प्रतिपक्ष काँग्रेसलाई विकासको काम धमाधम भइरहका बेला कसैले घर बसेर गफ गरेर केही नहुने बताए ।
नारायणघाट बुटव सडक स्तरोन्नतिका लागि गत पुसमा ठेक्का सम्झौता भएको थियो । दुई खण्डमा सडक स्तरोन्नति गर्न लागिएको आयोजना निर्देशनालय (एडिबी) का उपआयोजना निर्देशक सुरेश पौडेलले जानकारी दिए ।
पहिलो खण्ड गैँडाकोट–दाउन्ने ६५ किमी र दोस्रो खण्ड दाउन्ने–बुटवल ४८ किमी छ । दुवैको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सनले पाएको आयोजनाले जनाएको छ । कूल लागत रु १५ अर्बमा साढे तीन वर्षमा यो सडक चार लेनमा स्तरोन्नति गरिसक्ने ठेक्का सम्झौतामा उल्लेख छ ।

निर्माण सम्पन्न भएको चार वर्षसम्म निर्माण व्यवसायीले नै मर्मतसम्भार गर्नुपर्ने उपआयोजना निर्देशक पौडेलले बताउनुभयो । हाल निर्माण व्यवसायीले डिजाइनको काम गरिरहेको छ । दुई महीना भित्रै भौतिकरुपमै सडक स्तरोन्नतिको काम शुरु हुनेछ ।
..
सडक स्तरउन्नति भएसँगै बुटवल–नारायणगढ खण्डको स्वरुप फेरिने भएको छ । सन् १९७२ मा बनेको ११३ किलोमिटर दुरीको यो सडक हाल दुई लेन मात्र छ । सडक साढे तीन वर्षमा ४ लेनमा बिस्तार भइसक्नेछ । यो सडकको स्तरोन्नतीका लागि चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग सरकारले सम्झौता गरिसकेको छ ।

गैंडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर खण्डलाई प्याकेज १ र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई प्याकेज २ मा छुट्टाएर सँगसँगै दुबैतर्फ काम हुनेछ । एशियाली विकास बैंकको ऋण सहयोगमा सडक विस्तार हुन थालेको सडक निर्माणको लागत १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ छ ।

गैंडाकोट(दाउन्ने सडकखण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने(बुटवल खण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ रहेको छ । कूल लागतमध्ये एडीबीले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउने छ भने बाँकी रकम नेपाल सरकारकै लगानी हुनेछ ।

एडीबीले नेपाल सरकारलाई १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो । पहिलो चरणको विस्तारको काम २०८० साउन २२ मा सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको बुटवल(नारायणगढ सडक सुधार आयोजना कार्यालयका प्रमुख सुरेश न्यौपानेले बताए ।

साढे तीन वर्षमा सडक निर्माणको काम सकेपनि पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्नेगरी सम्झौता भएको छ ।

You might also like
Loading...