गाउँपालिका अध्यक्षले कर्मचारी लखेटे !


अध्यक्ष भन्छन् – जनप्रतिनिधि नहु“दा जस्तो मनपरी गर्न पाउ“दैन




रामकुमार श्रेष्ठ




नवलपरासी । पूर्वी नवलपरासीको बुलि·टार गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवाद बढेको छ ।

बढ्दो विवादले भनाभनको रुप लिएपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहितका ३ जना कर्मचारी गाउँ छाडेर सदरमुकाम कावासोती आएका छन् ।

उनीहरुले आइतबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएर मन्त्रालयमा हाँजिर हुन जानेसम्मको तयारी गरेका छन् ।

बुलि·टार गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण अधिकारीले बुलि·टार गाँउपालिकाका अध्यक्ष शशि बस्ताकोटीले आफुले भने अनुसारको काम नगरेको भन्दै गाँउ पालिकामा कार्यरत प्रमुख प्रशासकिय सहित ३ जनालाई कामबाट निकालिदिएको जनाएका छन्।

अध्यक्ष बस्ताकोटीले भने जनप्रतिनिधि नहुँदाको जस्तो गरेर कार्यालय चलाउन खोजेको भन्दै जनप्रतिनिधिलाई बाइपास गरेर काम गर्ने हो भने आफूलाई यस्तो कर्मचारी नचाहिएको भनेर बताएको तर कार्यालयमै आउने नदिने गरी जिम्मेवारीबाट नहटाएको बताए।

उनले भने – ‘निजामति कर्मचारीलाई हामीले हटाउन मिल्दैन। मेरो कुरा यति हो। जनप्रतिनिधि नहुँदा जसरी गाविस कार्यालय चल्ने गर्दथ्यो त्यसरी चलाउने भए हामी किन चाहियो ?’

कार्यालयमा काम गर्ने वातावरण नभएको भन्दै सदरमुकाम कावासोती झरेर बस्ने कर्मचारीमा बुलि·टार गाँउ पालिकाका प्रमुख प्रशासकीय बालकृष्ण अधिकारी, लेखापाल रधु काफ्ले र इन्जिनियर संजय कुमाल रहेका छन्।

बुलि·टार गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीका अनुसार स्थानीय तहमा भएका नदिजन्य पदार्थ ठेक्का टेण्डरमा लैजाने कुरामा गाँउपालिकाका अध्यक्षको चित्त नबुझेको र पछि टेण्डर गरिसकेपछि समेत गाँउपालिका प्रमुखद्वारा नै खोलामा टेक्टर हाल्न लगाउने गरेपछि आफुले प्रहरी प्रशासन लगाएको र प्रहरी प्रशासनले समेत नियन्त्रण गर्न नसकेपछि आफै खोलामा पुगी जवरजस्ती नदीजन्य पदार्थ निकासी गर्ने ढुवानीको साधन नियन्त्रणमा लिइपछि गाँउपालिकाका अध्यक्ष शशि बस्ताकोटीले यहाँ जनप्रतिनिधिको राज चल्छ, कर्मचारीको राज चल्दैन, जनता उठाएर लखेटिन्छ भनेपछि ज्यान जोजाउन भन्दै आफुहरु कार्यालयमा बस्न नसकेको प्रमुख प्रशासकिय अधिकारीले बताए ।

प्रमुख प्रशासकीय अधिकारीका अनुसार आईतबार प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएर मन्त्रालय हाजिर हुन जाने तयारी छ।

अध्यक्ष बस्ताकोटीले भने ठेक्का टेण्डर खोल्ने बेलामा समेत आफूलाई रोहवरमा नराखेर प्रमुख अधिकारीले मनोपरी ढंगले एक्लै ठेक्का खोल्ने र सदर गर्ने गरेको बताए । उनले भने – ‘तथापि यस विषयमा मेरो विमति होइन, गाउँपालिकाको आम्दानी ठाउँ नै त्यही हो। तर, प्रक्रिया र पद्दतिको कुरा हो।’

उनले भने – ककसले ठेक्का हाले पनि थाहा छैन, कसलाई पर्यो पनि थाहा छैन। कर्मचारी एक्लैले गाउँपालिका चलाउने भए जनप्रतिनिधि किन चाहियो ?

अध्यक्षले आफूले कर्मचारीलाई काम गर्न नदिएको नभई प्रमुख प्रशासकीय अधिकृतले आफूसहितका जनप्रतिनिधिहरुलाई काम गर्न नदिएको आरोप लगाए । उनले भने – ‘जनप्रतिनिधि नभएको अवस्था जसरी चलाए त्यसरी नै चलाउन खोज्दाको परिणाम हो यो।’

खास कारण के हो ?

सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाए पनि नवलपुरका गाउँपालिका र नगरपालिकाहरुमा गाउँपालिका अध्यक्ष, नगरपालिका प्रमुख देखि वडाध्यक्षहरुसम्ममा चन्दा माग्ने र राजिनामा माग्ने आतंकले जनप्रतिनिधि आतंकित भएका छन् ।

नेकपालाई सरकारले प्रतिबन्ध लगाएसँगै सहरमा नेकपाको गतिविधि घटे पनि गाउँकेन्द्रित गतिविधि बढेको अनुमान गरिएको छ। स्रोतका अनुसार सरकारले प्रतिबन्ध लगाउनु अघिदेखि नै विप्लव कार्यकर्ताहरुले भ्रष्ट्राचार गर्ने कर्मचारी तथा प्रतिनिधिहरुसँग चन्दा माग्ने गरेका छन् र चन्दा नदिए कारवाही गर्ने चेतावनी दिने गरेका छन् ।

‘बाघ कराउने र बाख्रा हराउने एक्कै चोटी’ भने जस्तै सरकारले विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाउनु र चन्दा आतंकका कारण उनी गाउँ छाड्नु एक्कै पटक परको छ। त्यसमाथि गाउँपालिकाका अध्यक्षसँग झगडा भएको बाहनामा गाउँपालिका छाडेर उनले सुरक्षित अवतरण गरेका कतिपय स्थानीयले बताएका छन् ।




सम्बन्धित
Loading...