विद्यार्थी संगठनकाे २४ घण्टे अल्टिमेटम

277







गैडाकाेट। अक्सफोर्ड कलेज अफ ईन्जिनियरिङ एन्ड म्यानेजमेन्ट गैंडाकोटमा बिई सिभिल २०१४ ब्याचमा अध्ययनरत विद्यार्थीहरुको मौका परीक्षा क्याम्पस प्रशासनको लापरबाहीको कारणले छुटेको भन्दै चैत्र ४ गते बाट क्याम्पसका विद्यार्थीहरु आन्दोलित भएका थिए । क्याम्पस प्रशासनले विद्यार्थीको माग पूरा गर्न आवश्यक कदम नचालेको भन्दै जिल्लाका प्रमुख विद्यार्थी संगठनहरुले आन्दोलनको चेतावनी दिएका छ्न् ।

यस अघि नै क्याम्पसमा रहेका विद्यार्थी संगठनहरू अनेरास्ववियु, अनेरास्वियू (क्रान्तिकारी) र नेविसंघ कमिटीहरुले माग पूरा गर्न भन्दै क्याम्पसमा तालाबन्दी गरेर आन्दोलन अगाडि बढाए पनि विद्यार्थीको परीक्षा सम्बन्धमा क्याम्पस प्रसासनले सहि निर्णय नगरेको र विद्यार्थीहरुलाई परीक्षा बाट बन्चित बनाउने तर्फ लागेको भन्दै नेविसंघ , अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका जिल्ला नेतृत्वले २४ घण्टे अल्टिमेटम दिएका छन् ।

नेविसंघ नवलपुरका सचिव सुशील काफ्ले , अनेरास्ववियु नवलपुरका संयोजक ठाकुर पराजुली र अखिल क्रान्तिकारी नवलपुरका संयोजक ईश्वर गैरेले संयुक्त विज्ञप्ति जारी गर्दै विद्यार्थीको माग अविलम्ब पूरा गरि विश्वविद्यालयको परीक्षाबाट बन्चित नगराउन क्याम्पस प्रसासनको ध्यानाकर्षण गराएका छ्न् । २४ घण्टा भित्र माग पूरा नगरिए संयुक्त रुपमा आन्दोलनमा उत्रिने नेविसंघ नवलपुरका सचिव सुशील काफ्लेले जानकारी दिएका छन् ।

You might also like
Loading...