मैनाघाटमा आठ करोडको लागतमा खानेपानी योजना निर्माण कार्य शुरु


चोरमारा। पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–१३, मैनाघाटमा करीब रु आठ करोडको लागतमा खानेपानी योजना निर्माण कार्य शुरु गरिएको छ ।




खानेपानीको समस्या झेल्दै आएका यस क्षेत्रका बासिन्दा खानेपानी योजना निर्माण सम्पन्न भएपछि भने शुद्ध खानेपानी पिउन पाउने भएका छन् । यस क्षेत्रमा खानेपानीको समस्या भएपछि प्रदेश सरकारको बजेटमार्फत खानेपानीको योजना शुरु गरिएको हो ।

‘मैनाघाट खानेपानी योजना’ अन्तर्गत मैनाघाटमा डिप बोरिङ निर्माणको काम सम्पन्न गरिएको छ । १३५ मिटरको गहिराईबाट भूमिगत पानि निकालिएको वडाध्यक्ष अजुर्न पगेंनीले जानकारी दिए ।







सम्बन्धित
Loading...