नवलपरासीमा विप्लवका जिल्ला इन्चार्ज सहित दुई जना पक्राउ

168







नवलपरासी, ११ चैत्र ।
नवलपरासीमा प्रहरीले विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज सहित दुई जनालाई सोमबार राति पक्राउ गरेको छ ।
नेकपाका नवलपरासी इन्चार्ज सुमन ज्ञवाली र पूर्वी नवलपरासीका जिल्ला सदस्य धनबहादुर मर्दनियालाई प्रहरीले राति घरबाटै नियन्त्रणमा लिएका हुन् ।


ज्ञवाली प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) पार्टी हुँदा नवलपरासी जिल्लाका कार्यालय सचिव थिए । पछि पार्टीमा दुई लाइन संघर्षसँगै मोहन वैद्य नेतृत्वको टोलीले झुट्टै पार्टी गठन गरे पछि उनी वैद्य नेतृत्वको पार्टीमा रहे । पछि विप्लवले वैद्यसँग छुट्टिएर छुट्टै पार्टी बनाए पछि उनी विप्लवको पार्टीमा लागेका थिए ।
खैरहनीमा बस्दै आएका ज्ञवाली केही समय अर्घाखाँचीको जिल्ला इन्चार्ज भएर काम गरे भने अहिले नवलपरासी इन्चार्ज भएर पुन नवलपरासी आएका थिए ।
पार्टी स्रोतका अनुसार उनलाई प्रहरीले घरबाटै गिरफ्तार गरेको हो ।
त्यसैगरी विप्लव नेतृत्वको नेकपाका जिल्ला कार्यकर्ता धनबहादुर मर्दिनियालाई प्रहरीले सोमबार राति उनकै घरबाट नियन्त्रणमा लिएको छ ।
स्थानीय बासिन्दाका अनुसार उनलाई घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय कावासोती नवलपुरमा राखेको छ ।


मर्दनिया नेकपाका जिल्ला सदस्य हुन् । प्रहरीले नवलपुरमा विप्लव गतिविधिलाई शुक्ष्म रुपमा निगरानी राखेको भनेकै दिन प्रहरीले उनलाई नियन्यत्रणमा लिएको हो ।

 

यो पनि पढ्नुहोस्

 

विप्लवले फेरि गरे नेपाल बन्द लगायत प्रतिरोधका कार्यक्रम घोषणा (विज्ञप्तिसहित)  

 

नवलपुरबाट विप्लवका कार्यकर्ता पक्राउ

You might also like
Loading...