एसईई परीक्षालाई मध्यनजर गर्दै चैत्र १६ गतेको विप्लवको नेपाल बन्द फिर्ता

321







नवलपरासी, १३ चैत्र ।
आफ्ना नेता तथा कार्यकर्ताहरु माथि प्रहरीले धरपकड गर्दै धमाधम गिरफ्तार गर्न थाले पछि आन्दोलित भएको विप्लव नेतृत्वको नेकपाले चैत्र १६ गतेको नेपाल बन्द फिर्ता लिएको छ ।
चैत्र १६ गते शनिबार परे पनि गतबर्ष देखि एसईई परीक्षामा शनिबार पनि परीक्षा लिने गरिएको छ ।
चैत्र १६ गते शनिबार नेपाल बन्द गर्दा एसईई दिने परीक्षार्थीहरुलाई परीक्षा दिन जान आउन समस्या हुने भएको भन्दै नेकपाले बन्द फिर्ता लिएको जनाएको छ ।
एसईईलाई मध्यनजर गर्दै बन्द फिर्ता लिन माग बढेपछि नेकपाले बन्द फिर्ता लिएको हो ।
नेकपाले सरकारले आफ्नो पार्टी माथि लगाएको प्रतिबन्ध फुकुवाको माग गर्दै नेपाल बन्द लगायतका संघर्षका कार्यक्रम घोषणा गरेको थियो ।

You might also like
Loading...