अवरुद्व विद्युत तत्काल आपुर्ति गर्न नवलपुर उद्योग संघको माग


कावासोती, १४ चैत्र
नवलपुर उद्योग संघले नवलपुरमा अवरुद्व विद्युत तत्काल आपुर्ति गर्न माग गरेको छ । संघका महासचिव केबी रानाद्वारा एक विज्ञप्ती जारी गर्दै औद्योगिक जिल्लाको रुपमा विकसित नवलपुरमा विद्युत जस्तो अत्यावश्यक सेवा अवरुद्व हुंदा हजारौं उद्योगहरु वन्द गर्नुपर्ने अवश्था सृजना भएको र सर्वसाधरणको दैनिकीमा समेत गम्भिर असर पुगेकाले तत्काल आपुर्ति गर्न माग गरेको हो ।
विज्ञप्तीमा अघिल्लो वर्षको २२ अरव कर तिरेको आधारमा दैनिक करिव ७ करोड कर संकलन हुने यस जिल्लामा यतिखेर उद्योगहरुको अरवौं घाटा मात्रै नभएर सरकारलाई प्राप्त हुने करोडौं रकम क्षति भएको उल्लेख छ । तत्काल विद्युत मर्मत गर्न र यस विचमा अन्य क्षेत्रबाट ल्याएर पनि विद्युत सेवा आपुर्ति गर्न जोडदार माग गर्दै महासचिव रानाद्वारा हस्ताक्षरित विज्ञप्तीमा आगामी दिनमा औद्योगिक लाईन छुट्टै सञ्चालन गर्न र अवरुद्व भएका वेला तत्काल वैकल्पिक सेवा दिने व्यवश्था मिलाउनुपर्ने विज्ञप्तीमा उल्लेख छ । विद्युत अवरुद्व हुंदा एस ईई परिक्षार्थीलाई प्रभाव पारेका छन् । विद्युत नहुंदा कतिपय उद्योग, सञ्चारगृह, वित्तिय संघ÷संस्था बन्द भएका छन् ।







सम्बन्धित
Loading...