सुनवलको विद्यालयमा प्रहरीसँग एक दिन

33







संजय तिवारी
सुनवल । सामुदायिक प्रहरी साझेदारी विद्यालय सम्पर्क कार्यक्रम अन्तरगत प्रहरीसँग एक दिने कार्यक्रम सुनवलमा महाकवि देवकोटा माविमा भएको छ ।
विद्यालयका ११ कक्षामा अध्ययनरत विद्यार्थीहरुसँग यस्तो कार्यक्रम गरिएको हो ।
प्रहरीले विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालयको कार्यालय परिषर तथा विभिन्न शाखाहरुको अवलोकन गराएका थिए ।
प्रहरी निरीक्षक विक्रम सुवेदीले सहजिकरण गरेको कार्यक्रममा विद्यार्थीहरुले प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद भट्टसँग विभिन्न विषयमा अन्तरक्रिया पनि गरेको थियो ।

You might also like
Loading...