राष्ट्रपति र म्यान्माली मन्त्री भेट

40







राष्ट्रपति विद्यादेवी भण्डारीसँग म्यान्माका लगानी तथा वैदेशिक आर्थिक सम्बन्धमन्त्री थाउङ टुनले राष्ट्रपति भवन, शीतल निवासमा आज शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस अवसरमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । भेटका बेला नेपाल तथा म्यान्मा सरकारका उच्चपदस्थ अधिकारीको पनि उपस्थिति थियो ।

You might also like
Loading...