विपलवका बर्दघाट ईन्चार्ज धराैतीमा रिहा, पार्टी छाडेकाे घाेषणा

37







विप्लब नेतृत्व नेकपाका पश्चिम नवलपरासी जिल्ला सदस्य एंव बर्दघाट नगरपालिका ईन्चार्जले पार्टी परित्याग गरेका छन् ।

गत फागुन २१ गते बर्दघाट नगरपालिका ४ बस्ने गणेश ढकाललाई पक्राउ गरि प्रहरीले मुद्वा चलाएको थियो । आज मात्रै ढकाल जिल्ला प्रशासन कार्यालयले तोकेको धरौटी बुझाएर रिहा भएका छन् ।

उनले एक विज्ञप्ती नै जारी गरेर आफु विप्लव समुहको कुनै पनि जिम्मेवारीमा नरहेको र पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

You might also like
Loading...