प्रदीप र जसिताको लभ स्टेशन चैत्र २२ बाट हलमा


लिलिबिलीको सफलता पछि चर्चामा आएको जोडी प्रदीप खड्का र जसिता गुरुङ्ग अभिनित चलचित्र लभ स्टेशन चैत्र २२ बाट प्रर्दशनमा आउने भएको छ ।  गत वर्ष रिलिज भएको प्रदीप खड्का र जसिता गुरुङ्ग अभिनित चलचित्र ‘लिलिबिलीलाई दर्शकले निकै नै मन पराएका थिए । जसितासँग प्रदीपको यो दोस्रो चलचित्र हो ।




निर्माता गोविन्द शाहीले चैत्र २२ बाट चलचित्र लभ स्टेशन प्रदर्शनमा आउने बताए ।




यो चलचित्रको एक गीतको छायांकन भियतनाममा गरिएको छ । भियतनाममा छायांकन गरिएको एउटा गीतमा नायक प्रदिप खड्का र नायिका जसिता गुरुङ रोमान्टिक देखिएका छन् ।

यो स्थानमा ‘किङकङ, एनाकोण्डा’ जस्ता हलिउड चलचित्र पनि खिचिउको थियो । ‘घाम जुन नै चाहिदैन’ बोलको गीतलाई भियतनामको सुन्दर लोकेशनमा खिचिएको हो ।

यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । सांगीतिक लभ स्टोरी कथामा यो चलचित्र बनेको छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।

यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । आलोक शुक्लाको छायांकन रहेको चलचित्रमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

 

 




सम्बन्धित
Loading...