आँधीहुरीमा परी ज्यान गुमाएकाहरुप्रति देजमोद्वारा श्रद्धाञ्जली व्यक्त

18







काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले एक वक्तव्य जारी गरी बारा पर्सामा आँधीहुरीका कारण ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घटनाप्रति दुःख प्रकट गरेका छन् । वक्तव्यमा शोकाकूल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेहरुको तत्काल र निःशुल्क उपचार गर्न र राहत उपलब्ध गराउन सरकारसित माग गरेका छन् ।

वक्तव्यमा भनिएको छ, “यही चैत्र १७ गते आइतवार विशेषतः बारा र पर्सा जिल्लामा आएको आँधी, हुरी, असिना र वर्षाका कारण ३१ जनाको ज्यान गएको र २०० जना जति गम्भीर रुपमा घाइते भएको खबरले हामी अत्यन्त दुःखि भएका छौं । यस दुखद घडीमा हामी दिवंगत हुनु भएकाहरु प्रति हार्दिक श्रद्धांजली व्यक्त गर्दै परिवार जन प्रति हार्दिक समवेदना प्रकट गर्दछौं । घाइते हुनु भएकाहरुको शिघ्र स्वास्थलाभको कामना गर्दछौं । मृतकका परिवारजनलाई अविलम्ब राहत रकम सहित सहयोग उपलव्ध गराउन र घाइतेहरुको तुरुन्त उपचार गर्न केन्द्र सरकारसँग जोडदार माग गर्दछौं ।”

You might also like
Loading...