नवलपरासीको प्रतापपुरमा दुई वटा मोटरसाइकल एक आपसमा ठक्करबाट ३ जना गम्भीर घाइते


श्याम थापा




सुस्ता १८ चैैत ।  पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका स्थित खैरेनीमा दुुुई वटा मोटरसाइकल एक एक आपसमा ठक्कर खादा दुुई जना सहित एक बालक गम्भीर घाइते भएका छन ।

प्रतापपुर गाााउँपलिकाको सेमरी बजार तिर बाट आउदै गरेेको लु ३३ प ८१०३ को मोटरसाइकल र ठिक बिपरित दिशा तर्फबाट सेमरी तर्फ जादै गरेको लु ८ प १०७८ को मोटरसाइकल एक आपसमा ठक्कर खादा दुई जना सहित एक बालक गम्भीर घाइते भएको हो ।


गम्भीर घाइते हुनेहरुमा बिरगंज बस्ने अन्दाजी बर्ष २७ को जयलाल मण्डल, पालिन्दन गाउँपालिका वार्ड न १ बस्ने दिपेन्द्र चौधरीको श्रीमति अन्दाजी बर्ष २५ कि सावित्री खवास र सावित्री खवाासको छोरा अन्दाजी बर्ष ३ को कृस्ट्ल चौधरी रहेका छन ।

सावित्री चौधरी दुुई वटै खुट्टा भाचिएको,मण्डलको टाउकोमा चोट लागेको र बालक चौधरीको टाउकोमा काटिएको छ भने घाइतेहरुलाई उपचारका लागी सहिद स्मृति सामुदायिक अस्पताल चौपतामा पठाएको र सो अस्पपतालमा घाइतेहरुको उपचार नहुुन नसकेपछि बुटवल सिटि अस्पताल पठाएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक प्रकाश श्रीमल क्षेत्रीले बताउनु भएको छ ।




सम्बन्धित
Loading...