नेटवर्किङ ठगी गर्ने ६ जना प्रहरी नियन्त्रणमा

21







सुनसरी । सुनसरीको इटहरीमा ओरियन्स नेटवर्किङको नाममा सर्वसाधरणलाई ठगी गर्ने गिरोहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इटहरी केन्द्रविन्दु वनाएर नेटवर्किङ गरीरहेका ‘फोर डाइमण्ड र कार एचिवर’ तहका ६ जना सदस्यलाई ईलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो । होस्टल सञ्चालन गरी बसेको अवस्थामा ओरियन्सका विभिन्न प्रकारका प्रतिबन्धित औषधी सहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाही लालवन्दी ५ का सन्दिप कुमार भुजेल, सुर्खेत लेखवती–५ का प्रकाश राउत, सुर्खेत चिङगार्ड ३ का महेश शर्मा, सुर्खेत भेरी गंगा १० का लक्ष्मी पुन मगर, सुर्खेत विरेन्द्रनगर ११ का मनिष सुबेदी र सप्तरी खडकपुर ४ का अर्जुन प्रसाद चौधरी छन् । लामो समयदेखी इटहरीलाई केन्द्रविन्दु वनाएर नेटवर्किङ गरीरहेको विशेष सुचनाको आधारमा उनिहरुलाई पक्राउ गरीएको इटहरीका डिएस पी समिर चन्द्र खरेलले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुको अनुसन्धान भईरहेको र अझै यस्ता नेटवर्किङ गर्ने गिरोह सक्रिय हुन सक्ने भन्दै अनुसन्धान अघि वढेको खरेलले वताउनुभयो ।

You might also like
Loading...