बुलिङ्गटारमा लडेर श्रेष्ठको निधन

42







नवलपरासी, १९ चैत्र ।
पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका ६ मा घाँस काट्ने क्रममा लडेर एक जनाको निधन भएको छ ।
बाँसको झ्याँङ्ग काट्ने क्रममा अचानक लडेर गम्भीर घाइते भएका बालकृष्ण श्रेष्ठको उपचारको लागि भरतपुर लैजादै गर्दा सोमबार साँझ निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
श्रेष्ठको शव पोष्टमार्टमका लागि चितवन मेडिकल कलेजमा राखिएको छ ।

You might also like
Loading...