कृते गरी अर्काको जग्गा आफ्नो नाममा बनाउनेलाई जिल्ला अदालत परासीबाट ३८ लाख जरिवाना

57







रामकुमार श्रेष्ठ
नवलपरासी, १९ चैत्र ।
अरुको नामको जग्गालाई कृते गरी लालपूर्जा निकालेर फर्जि काम गरेको अभियोगमा जिल्ला अदालत परासीले एक जनालाई ३७ लाख जरिवाना तोकेको छ ।
बर्दियाको ताराताल घर भई हाल पोखरा महानगरपालिका १७ विरौटामा बस्दै आएका प्रकाश सुनारलाई अर्कैको नाममा रहेको २ विगाहा १८ कठ्ठा जग्गा कृते गरी आफ्नो नाममा बनाएको ठहर गर्दै ३७ लाख ७० हजार जरिवाना गरेको हो ।
उनले पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ५ भुवनेश्वर अग्रवालको नाममा रहेको र उनले नै जोतभोग गर्दै आएको नवलपरासीको साविक जमुवाड गाविस ८ मा रहेको १७ कित्तामा रहेको २ विगाहा १८ कठ्ठा जग्गाको जग्गा धनि लालपूर्जा किर्ते गरि निकालेको ठहर गरी जिल्ला अदालत परासीले सोमबार ३७ लाख ७० हजार धरौती माग गरेको र उनले धरौती रकम नबुझाएका कारण अदालतकै आदेशमा मंगलबार कराकार चलान गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रहरी नावय उपरीक्षक एवम् सूचना अधिकारी विरेन्द्र थापाले बताए ।


उनले रामग्राम नगरपालिकामा एकीकृत सम्पत्ति विवरणका लागि करदाखिला गर्न आउँदा उनीमाथि शंका लागेर अनुसन्धान गर्दा प्रहरीले कृते गरेको फेला पारेपछि अदालतमा मुद्दा दायर गरेको थापाले बताए ।
कृते गरी अर्कोका जग्गा आफ्नो नाममा बनाउने प्रकाश सुनारले नगरपालिकामा कर बुझाउँन आउँदा पेश गरेको लालपूर्जा, चारकिल्ला प्रमाणित गरेको कागजात र एकीकृत सम्पत्ति करको नगदी रसिद माथि अनुसन्धान गर्दा फर्जी रहेको पाइए पछि प्रहरीले उनलाई गत महिना पक्राउ गरेको थियो ।

You might also like
Loading...