कावासोतीमा सरकारी कार्यालय व्यवस्थापनको शिलान्यास गर्न प्रधानमन्त्री नवलपुर आउने

51







कावासोती । प्रधानमन्त्री केपी शर्मा ओली, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ लगायतका शीर्ष नेताहरु बैशाख ३ गते नवलपुर आउनु हुने भएको छ ।
बुधबार नवलपुरमा भएको एक कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य एंव नेकपाका केन्द्रिय सदस्य तिलक महतले जिल्ला सदरमुकाम कावासोती वडा नम्बर ३ मा रहेको जग्गामा सरकारी कार्यालय व्यवस्थापनका लागि शिलान्यास गर्न उनीहरु आउन लागेको जानकारी दिए ।
उहाले कार्यक्रममा उपस्थिति जनाउन पनि सबैलाई आग्रह गर्नुभयो । अहिले यत्रतत्र छरिएर रहेका सरकारी कार्यालयबाट सेवा लिन आम सर्वसाधारणलाई असहज भएकाले अब एउटै कम्पाउण्डबाट सबै सरकारी सेवा प्रवाह गरिने उनको भनाई छ ।
प्रधानमन्त्री ओलीको प्रमुख आतित्थ्यतामा हुने शिलन्यास कार्यक्रमलाई व्यवस्थित र व्यापक जनसहभागिताका साथ सम्पन्न गराउन प्रतिनिधि सभा सदस्य महत, जिल्ला समन्वय समितिका प्रमुख चेसराम आले, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल र कावासोती नगर प्रमुख चन्द्रा कुमारी पुनसहितको सहभागितामा छलफलसमेत भएको छ ।

You might also like
Loading...