देउवालाई विधान सच्याउन जिल्ला सभापतिको अल्टिमेटम

77







काठमाडौं : कांग्रेस जिल्ला सभापतिले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध देशव्यापी अभियानमा सञ्चालन गर्ने चेतावनी दिएका छन् ।

केन्द्रीय समितिको आगामी बैठकबाट विधान परिमार्जन नगरिए देउवाविरुद्ध हस्ताक्षर अभियानमा जुट्ने निष्कर्ष जिल्ला सभापतिले निकालेका हुन्।  केन्द्रीय समिति बैठक शनिबार बस्दैछ।

केन्द्रीय समितिले बहुमतका आधारमा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि बन्न पाउने व्यवस्थासहितको विधान पारित गरेपछि जिल्ला सभापतिहरू असन्तुष्ट छन्।

पार्टीका असन्तुष्ट ५० भन्दा बढी जिल्ला सभापतिको बिहीबार काठमाडौंमा सम्पन्न बैठकले आगामी केन्द्रीय समिति बैठकबाट विधान परिमार्जन गर्नुपर्ने अल्टिमेट दिएको अन्नपूर्ण पोष्टमा खबर छ ।

You might also like
Loading...