भक्तपुर र ललितपुरमा भएको दुर्घटनामा ३ जनाको मृत्यु

162







ललितपुरको सानेपानजिकै नयाँबाटोमा ट्रकले तरकारी बोक्ने भ्यानलाई किच्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

शुक्रबार मध्यान्ह १२ बजेतिर जनक शिक्षा सामग्री केन्द्रको ना १ घ ५३३ नम्बरको ट्रक अनियन्त्रित भई नजिकै गुडिरहेको भ्यानमाथि पल्टिँदा दुई जनाको मृत्यु तथा भएको थियो भने एक जना घाइते भएक छन् । घटनावारे थप विवरण आउन बाँकी नै छ ।

त्यसैगरी भक्तपुरको जडीबुटीमा गएराति टिप्परको ठक्करबाट एक जना स्कुटर चालकको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

राति करिब २ बजे जडीबुटीस्थित पेट्रोल पम्पअगाडि बा ४९ प ७४४५ नम्बरको स्कुटरलाई टिप्परले ठक्कर दिँदा सो घटना भएको हो । घटनामा सिन्धुलीको भिमान निवासी बालकृष्ण कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते हुनेमा सर्लाहीका जुनबहादुर आचार्य र रौतहटका भरत कार्की छन् ।
ठक्कर दिएको टिप्परको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

गत बुधबार पनि जडीबुटीमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको थियो ।

You might also like
Loading...