यूएईमा कारको ठक्करबाट दुई नेपालीको मृत्यु, दुई घाइते

56







युनाइटेड अरब इमिरेट्स (यूएई) को अबुधाबीमा भएको सवारी दुर्घटनामा दुई जना नेपालीको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा नवलपरासी कावासोती ९ का निरोज परियार र शान्ति विश्वकमा छन् । शान्तिको भने ठेगाना खुलेको छैन ।

अस्पताल जाँदै गरेको अवस्थामा उनीहरु सवार ट्याक्सीलाई कारले ठक्कर दिएको बताइएको छ ।

गम्भीर घाइते २ जनाको अबुधाबीस्थित खालिफा अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको पहिचान हुन सकेको छैन ।

You might also like
Loading...