डर, धाकधम्की र त्रास देखाएर भित्र भित्रै मिलापत्र


प्रेमध्वज गाहा
कावासोती । पूर्वी नवलपरासीमा मानव अधिकारको अवस्था कमजोर रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगले आइतबार कावासोतीमा आयोजना गरेको मानव अधिकार रक्षकका लागि मानव अधिकार अभिमुखीकरण कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका तर्फबाट कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा सहजीकरण गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका पुर्बी नवलपरासी प्रतिनीधि तीर्थराज डुम्रेले जिल्लामा बिगत आठ महिनाको अबधिमा मानव अधिकार उल्लँघन सम्बन्धी भएका घटनाहरुको बिबरण प्रस्तुत गर्नुभएको थियो ।
जिल्लामा भएका कतिपय घटनाहरु प्रकाशमा नआउने र प्रकाशमा आएका घटनाहरु पनि डर धाक धम्की र त्रास देखाएर भित्र भित्रै मिलापत्र गर्ने गरिएको तथ्य प्रस्तुत गरिएको थियो ।
त्यस्तै जिल्लामा मानव अधिकार तथा कानुनको कार्यान्वयनमा पनि महिला दलित अपाङग आदिवासी जनजाति र मधेषीका नाममा बिभेद समेत रहने गरेको उल्लेख गरिएको थियो । राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका निर्देशक दीपक जङध्वज कार्कीको सभाध्यक्षता रहेको कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोबिन्द शर्मा पोख्रेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्नुहँुदै पोख्रलले नेपालका मिडियाकर्मी हरु मानव अधिकारका सवाल भन्दा राजनीतिक सवाललाई मुख्य समाचार बनाउन तर्फ उद्दत रहेको बताउनुभयो । राजनीतिक समाचारलाई महत्व दिँदा मानव अधिकारका सवाल ओझेलमा परेको वहाँको तर्क थियो । त्यस्तै वहाँले बर्तमान समयमा केन्द्र , प्रदेश तथा स्थानीय कुनै पनि तहले मानवअधिकारको प्रत्याभुति दिलाउन नसकेको तथ्य उजागर गर्नुभयो ।
कानुन र मानव अधिकारको कार्यान्वयन राम्रो नहुँदा सँघीयता नै धरापमा पर्न गएको वहाँको भनाइ थियो । शर्माले राजनीतिमा अपराधीकरण भएको भन्दै जस्तोसुकै परिस्थितिमा पनि आफ्नो धर्म नछाडी समाचार सम्प्रेशणमा लागिरहन सहभागी पत्रकारहरुलाई आग्रह समेत गर्नुभयो ।
जिल्ला समन्वय समिति अधिकारी कृष्ण प्रसाद लम्साल, गैर सरकारी सँस्था महासँघका बद्री नेपाल , थारु कल्याणकारी सभाका रामप्रसाद महतो लगायतको आतिथ्यता रहेको कार्यक्रममा कानुन ब्यबसायी , पत्रकार , बिद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।







सम्बन्धित
Loading...