वैशाख ५ गते ‘विप्लव’को नेपाल बन्द ( बिज्ञप्तिसहित)

172







विप्लप नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले ओली सरकारको प्रतिबन्धबिरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
बैशाख ५ गते विप्लव नेकपाले नेपाल बन्दको आव्हान गरेकाे छ।
नेकपा महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै नेपाल बन्दसहितका संघर्षका कार्यक्रमहरु घोषणा गरेका हुन् ।
यसअघि चैत्र १६ गते आह्वान गरिएको नेपाल बन्द एसईईको परीक्षा र नेपाल बार एशोसिएशनको चुनावका कारण फिर्ता लगिएको थियो ।
ओली सरकारको प्रतिबन्धलाई महासचिव विप्लवले नेपाल कम्युनिष्ट पार्टी र नेपाली जनताका क्रान्तिकारी कार्यक्रम एवं क्रियाकलापका विरुद्धको पागलपूर्ण राजनैतिक वकवास फाँसीवादी फौजी दमन र अफवाहपूर्ण प्रचारबाजी भनेका छन् ।
उनले विज्ञप्तिमा भनेका छन्- ओली सरकार र राम बहादुर थापा गृह प्रशासनको हाम्र्रो पार्टी र नेपाली जनताका क्रान्तिकारी कार्यक्रम एवं क्रियाकलापका विरुद्धको पागलपूर्ण राजनैतिक वकवास फाँसीवादी फौजी दमन र अफवाहपूर्ण प्रचार बाजीको हाम्रो पार्टी घोर निन्दा एवं भत्र्सना गर्दछ ।
यसको दृढताका साथ प्रतिरोध गर्न सिङ्गो पार्टी पंक्ति र आम नेपाली जनतामा पार्टी विशेष अपिल गर्दछ ।’स्थापनाकाल देखि नेकपा एकीकृत जनक्रान्तिको कार्यदिशाको दिशा निर्देशमा नेपाली क्रान्तिको ऐतिहासिक प्रक्रियामा रहेको जानकारी दिँदै उनले अगाडि भनेका छन् – ‘०२८ सालको झापा विद्रोहका जनताका हतियार कोशी नदीमा फ्याकेको, ०४६ सालको जनआन्दोलनमा सामन्तवादसंग आत्मसर्पणवादी सम्झौता गरी जनतालाई धोका दिएको, ०५२ सालमा शुरु भएको जनयुद्धका १० वर्षमा माओवादी र जनयुद्धलाई आतंककारी हत्यारा भनि उछित्तो काट्ने र दमनमा सबै संसदीय प्रतिक्रियावादीलाई उछिन्ने र ०६२/०६३ पछि जनयुद्ध, माओवादी र परिवर्तनका मुद्दाका विरुद्ध सबभन्दा बढी सड्यन्त्र गर्ने ओली गिरोह विगतका नेपाली क्रान्ति र जन आन्दोलनको विरुद्धमा खडा हुने र दमन गर्ने शासकहरुलाई मात गर्दै हाम्रो पार्टी र यसको नेतृत्वमा संचालित एकीकृत जनक्रान्तिका विरुद्ध खनिएको छ ।’

You might also like
Loading...