नेपालमा पब्जी खेल प्रतिबन्ध

103







काठमाडौं । सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको बताए ।
पछिल्लो समय युवापुस्ता पब्जी खेलमा मस्त हुन थालेका छन् ।

विभिन्न अध्ययनहरुले पब्जी खेलले मानसिक समस्या हुने उल्लेख गरेको छ । भारतलगायत विश्वका कतिपय मुलुकमा पब्जीकै कारण युवाहरुको मृत्यु समेत भएको छ ।

You might also like
Loading...