दल, दुर्बासा र महाभारत

366







 

लेखकः डा. शिवशंकर बस्याल

दशौं बर्षको करिब बाह्र हजार नेपाली आमाका छोराछोरीहरुको रगतको यो मजाक नभएर के हो त ? आज प्रचण्ड र बाबुराम यो र त्यो बाहानामा जहाँ जसरी छन् त्यो मजाक इतिहासको सबैभन्दा महंगो मजाक हो ।
हिजोका आफ्ना प्रतिबद्धतामा दश दश बर्ष सतिसाल झै अडिक भएर लडेको माओवादी, युद्धमा नहारेको माओवादी, संसदीय परिस्थिति र खुल्ला परिवेशमा के ले ढाल्यो ? किन लत्रियो ? अरुलाई दोष दिनुभन्दा सस्तो लोकप्रियतामा रमाउँदै जाने पुरानो हिस्टेरिया उसलाई झनै नराम्रोसँग स¥यो। विवेक गुमायो र सार्वजनिक हुँदै गरेको दिन सेनालाई टिप्पणी गर्यो, भोलिपल्ट माफी माग्यो। भित्तामा प्रचण्डलाई पहिलो राष्ट्रपति बनायो, पछि आफै मेटायो।

महाभारतमा यस्तो प्रसङ्ग छ –
ऋषी दुर्वासाको कुटीमा, ध्यानमग्न दुर्बासाको अघि महाभारका नायक श्रीकृष्ण पेट बोकेकी महिलाको अभियन गरेर छट्पटाउँदै पुगे र याचना गरे – ऋषी मेरो गर्भबाट छोरा वा छोरी के को जन्म होला ?
दुर्वासा क्रोधी थिए तर अत्यन्त ज्ञानी । दुर्वासाले कृष्णलाई दुत्कार्दै भने – जाउ जे जन्म भए पनि त्यसैबाट तिम्रो समग्र वंश नाश भने जरुर हुनेछ।
कृष्णलाई अब भने डर लाग्यो। साच्चीकै कृष्णले पेटमा मुसल बेरेर यात्रो अभिनय गरेका थिए । साच्चिकै यही मुसलले सबैको ज्यान जान सक्छ। त्यसैले उनले गंगानदीको बगरमा सारा मुसलको काठलाई चन्दन जस्तै घिसेर बगाईदिए। अब कृष्णको मनभित्रको सन्त्रास खतम भयो। अब कसरी मुसलले यदुवंशीको नाश हुन सक्छ ?
समय वित्दै गयो। महाभारतको प्रसंगमा धेरै यदुवंशीहरु त्यही (जहाँ मुसल घिसेर प्रवाह गरिएको थियो) सकिए। अब कृष्ण मात्र जीवित थिए। माछाको आहार बनेको अन्तिम फलामको टुक्रा जलारीले माछा मार्दा माछाको पेटमा भेट्यो । उसले त्यो टुक्रो बाँणमा जोड्यो। महाभारतको युद्धबाट गम्भीर विक्षिप्त कृष्ण टोहाउँदै खुट्टा हल्लाउँदै वरको बृक्षमुनी आराम गरिरहेको थियो । ब्याधाले मृग सोचेर त्यही बाँण प्रहार ग¥यो । कृष्णको खुट्टामा लाग्यो। अन्तत्वगत्वा त्यही बाहानामा कृष्णको देहान्त भयो।
अन्तत्वगत्वा महाभारले जीतको सिर्जना त ग¥यो तर आफ्नै खलक मासियो, जसको कारण दुर्वासा सँगको मजाक थियो ।
नेपालको राजनीतिक सन्दर्भमा पनि यस्तो मजाकले घेरिएको छ। नायक मानिएका कृष्णको पनि समयको अघि मजाक गर्दा समग्र वंश नष्ट जस्तै हाम्रा राजनीतिक दलका कृष्णहरु किन समय इतिहासका कालखण्डमा यस्ता मजाकहरु पुनरावृत्त गरिरहन्छन् । यसको परिणतिले आफ्नै वंश (दलको विनाश) बाहेक र आफूले गरेको राज्य व्यवस्थाको नष्ट बाहेक अरु केही निम्त्याउँदैन। यसले विजयको आनन्द भित्र पनि सबैकुरा गुमिरहेको हुन्छ। ‘बाँसै नरहे बासुरी कसरी हुन्छ’ भन्ने हेक्का हाम्रो देशको नेतृत्व वर्गले सोच्न फुर्सद समेत निकाल्न सकेनन् ।
नेपाल राजनीतिकको इतिहासमा अभूतपूर्व भूमिका रहेका शासक, व्यक्ति र दलहरु पनि यस्ता मजाकहरुकै कारणले नेपाली जनता अघिका आफ्नो मजाकको परिणति भोगे। आधुनिक नेपालको इतिहासमा राणाहरु इतिहासका माजककै कारण विदा लिन पुगे। पञ्चायत र दरबारले मजाकको हिसाबकिताब बुझ्यो। कतिपय विगतका राजनीतिक दलहरुले माजकको आफ्नो लेखा बुझे। तर, दुभाग्यको कुरा यो इतिहासको लेखाजोखा आजको परिवेशमा अस्तित्वमा रहेका मूलत राजनीतिक दलहरुले वर्तमानमा जुन मजाक गरिरहेका छन् त्यसको परिणति यदुवंशी सकिए जस्तै केही मानिसहरुको एतिहासिक माजकले सम्बन्धित दल त के देशकै अस्तित्व संकट र बन्धनमा पर्न सक्छ।
दलहरुले आफ्नो अस्तित्वको शुरुवातमा के भने र सत्तामा पुग्दा के गरे। हिजोको तिनको बोली र सत्तामा तिनको व्यवहार बीचको अन्तर नै नेपाली जनता अघिको मजाक हो । त्याग बलिदानी र सशस्त्र युद्धको नेतृत्व गरेको सातसात वरिपरिको काँग्रेसको वजन आज कहाँ छ ? माक्र्सवादको आधारमा चलेको हिजाको एमाले र माओवादीका सैद्धान्तिक आधार र माक्र्सवाद बीचको सम्बन्ध कहाँ छ भनी खोज्नु पर्ने अवस्था छ । हिजो के भने आज के गर्दैछन्। तर, समयलाई बन्धक भने बनाउँछ।
हुन त इतिकासको यो माजकमा काँग्रेस, एमाले पनि अछुता छैनन्। विगतको समय र आजको तिनको अवस्थाले गर्दा तिनको माजक ओझेलमा छ। यतिबेला प्रचण्डको मजाक इतिहासमा सबैभन्दा चर्को रुपमा ज्यूदो छ। संसदीय व्यवस्थालाई खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो भनि व्यवस्था नै भत्काउन हिडेको माओवादी बुर्जवा शिक्षालय तोडेर जनवादी शिक्षाका लागि संघर्षरत माओवादी, मदिरा संस्कृति भत्काउन घैंटो फोर्दै हिडेको माओवादी, जमिन्दाको जग्गा हडप्दै भूमिहीनलाई बाँड्ने माओवादी, दलाल पूँजीवादको विरोधी माओवादीको सामाजिक परिचय के बनेको छ र के यी सबै आफ्ना प्रतिबद्धताको पूर्णतासँगै माओवादी संविधान र संसद÷सरकारमा प्रवेश गरेको हो। दशौं बर्षको करिब बाह्र हजार नेपाली आमाका छोराछोरीहरुको रगतको यो मजाक नभएर के हो त ? आज प्रचण्ड र बाबुराम यो र त्यो बाहानामा जहाँ जसरी छन् त्यो मजाक इतिहासको सबैभन्दा महंगो मजाक हो ।
हिजोका आफ्ना प्रतिबद्धतामा दश दश बर्ष सतिसाल झै अडिक भएर लडेको माओवादी, युद्धमा नहारेको माओवादी, संसदीय परिस्थिति र खुल्ला परिवेशमा के ले ढाल्यो ? किन लत्रियो ? अरुलाई दोष दिनुभन्दा सस्तो लोकप्रियतामा रमाउँदै जाने पुरानो हिस्टेरिया उसलाई झनै नराम्रोसँग स¥यो। विवेक गुमायो र सार्वजनिक हुँदै गरेको दिन सेनालाई टिप्पणी गर्यो, भोलिपल्ट माफी माग्यो। भित्तामा प्रचण्डलाई पहिलो राष्ट्रपति बनायो, पछि आफै मेटायो। आफ्नो कुर्चीको आधार विर्सेर रुक्मागत जिस्क्यायो। राजीनामा ग¥यो । पशुपतिका पूजारीसँग प्रधानमन्त्री टकराए। फिर्ता लिए । सेना उन्नाइहजार पु¥याए, १२ सय नामको मात्र समायोजन गरे। समानुपातिक अघि सारे, आफै खुम्चिए। खिलराज अघि सारे, चुनाव शानदार सफल भने भोलि पल्टै ज्वरो काढे। यो ज्वरोको अस्थिर बर्बराहटमा देशलाई जवर्जस्ती धकेल्ने प्रयासको पुनारो विमारी के थियो त्यो किरण, बादल, विप्लव र बाबुरामहरुलाई थाहा होला। आज माओवादीको यो छिन्नभिन्न पार्ने गुह्य परिस्थिति प्रचण्डबाट भएकै शुरुवात हो। भाग र हिस्सा अनुसारका दोषी भने अरु पनि होलान् । माफा माग्दाकै भोलिपल्ट फेरि गल्ती दोहो¥याउने प्रचण्डले जव माफी माग्छन् तब तर्सिनु पर्ने हुन्छ कि अर्को झुट वा गल्तीको विजारोपण गर्दैछन् । इतिहासको यो मजाक प्रचण्डलाई उनको पार्टीलाई मात्र नभई सबैलाई बोझिलो हुन सक्छ । मुखले हो या मनले विगतमा गरेका गल्तीले देशले दुःख पाएको कुरा भने । यदि इमान्दार अर्थमा त्यो आएको हो भने इतिहासका यी गम्भीर मजाकहरुको आफूले माझी माग्नुपर्छ। नभए आफ्नो यदुवंशीकै पीडा भोग्नु पर्ने अवस्था आउने कुरा बारे अविलम्व सोच्नु राम्रो हुन्छ।
(लेखक दाउन्ने साप्ताहिकका संस्थापक सम्पादक हुन्।)

You might also like
Loading...