गण्डकी प्रदेश कृषि अनुदानः सानालाई आहत, ठूलालाई राहत

98







नवलपरासी । गण्डकी प्रदेश सरकारले किसानलाई लक्षित गरी ल्याएको अनुदान कार्यक्रमले ठूला किसानलाई राहत मिलेको छ ।
कृषि तथा पशुपंक्षी मोडल फर्म सञ्चालनका लागि गण्डकी प्रदेशको कृषि मन्त्रालयले चार महिनाअघि ५० प्रतिशत अनुदान दिने भन्दै आवेदन माग गरेको थियो ।
प्रदेश सरकारको मागअनुसान साना ब्यवसायीफर्मदेखि ठूला फर्मले आवेदन दिएका थिए । झण्डै चार सय जनालाई अनुदान दिने गरी आएको गण्डकी सरकारको परियोजनाबाट ठूला उद्यमीलाई राहत मिलेको साना किसानले गुनासो गरेका छन् ।
पशुपालनअन्तर्गत भैंसी, गाई, बाख्रा, बंगुर तथा कृषि ब्यवसायका विभिन्न विधा गरी नवलपुरका २८ किसानलाई गण्डकी प्रदेशको भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले मोडल फर्म सञ्चालनका लागि अनुदान छनोट गरेको छ । ती मध्ये अधिकांस सत्तारुढ दल नेकपा पक्षधर ठूला ब्यवसायी छन् ।
प्रदेस सरकारको परियोजना प्रस्ताव मागपछि साझेदारीमा मोडल फर्म सञ्चालन गर्न गण्डकी प्रदेशबाट २ हजार १ सय ४० किसानले प्रस्ताव पेश गरेका थिए । पहिलो चरणमा जिल्ला तहको ६ लाख अनुदान दिने फर्म छनोट रिएको थियो भने दोस्रो चरणमा मन्त्रालयले १ सय ७६ फर्म छनोट गरेको गण्डकी प्रदेश कृषि मन्त्रालयका सूचना अधिकारी ज्योति क्षेत्रीले बताइन् ।
१ सय ७६ फर्म मध्ये नवलपुरबाट २८ वटा परेको छ । विभिन्न विधाका गरी जिल्लाका २८ वटा फर्म अनुदानका लागि छनोटमा परेको हो । जसमध्ये भैंसीपालनतर्फ ५ वटा र गाईपालनतर्फ ४ वटा फर्म छनोटमा परेका छन् ।
यस्तै, तरकारी खेती ब्यवसायतर्फ नवलपुरबाट ४ जना किसान छनोटमा परेका छन् भने बाख्रापालनतर्फ यो जिल्लाबाट ४ जना छनोटमा परेका छन् ।
यसैगरी, नवलपुर जिल्लाबाट फलफूल ब्यवसायमा दुई, कुखुरापालन ब्यवसायमा ४, बंगुरपालन ब्यवसायतर्फ ३ र मौरी तथा च्याउ ब्यवसायतर्फ २ जना छनोटमा परेका छन् ।
भैंसीपालनतर्फ कावासोती नगरपालिकाबाट मीनाकुमारी गुरुङ र सुमीत्रा तिमिल्सिना, देवचुली नगरपालिकाबाट हरीप्रसाद न्यौपाने र हरीप्रसाद काफ्ले तथा विनयीत्रिवेणी गाउँपालिकाबाट भोलानाथ लामिछाने छनोटमा परेका छन् ।
यस्तै, गाईपालनतर्फ गैंडाकोट नगरपालिकाको भुपेन्द्र भण्डारी, हेमन्त पौडेल र दीपक आचार्य तथा विनयीत्रिवेणी गाउँपालिकाकी पार्वतीदेवी महासेठ अनुदानका लागि छनोटमा परेका छन् ।
तरकारी खेतीतर्फ कावासोतीका किसान सन्देश तिमिल्सिना र बेनिराम महतो, हुप्सेकोटका इननारायण सिंजालीमगर र र थमबहादुर रजालीमगर छनोटमा परेका छन् ।
यस्तै, गैंडकोटका बाख्रापालक किसान श्यामनारायण ढकाल र दीपक गुरुङ तथा हुप्सेकोटका इन्द्रजीतसिंह ठकुरी पनि छनोटमा परेका छन् । फलफूल खेती ब्यवसायतर्फ भने देवचुलीका गोविन्द बसेल र बुङ्दीकालीका बेगबहादुर सिंह ठकुरी छनोट भएका छन् ।
यस्तै, पोल्ट्री फर्मतर्फ कावासोतीका रोहितरमण तिमिल्सिना र कृष्णप्रसाद तिमिल्सिना, मध्यविन्दुका हरीहरजंग थापा छनोट भएका छन् । बंगुरपालनतर्फ कावासोतीका इन्द्रबहादुर फाल, हुप्सेकोटका यमबहादुर रम्जाली र गैंडाकोटका किसान डम्बरबहादुर राना छनोटमा परेका छन् ।
मौरीपालन किसान गैंडाकोटकी गीतादेवी सुवेदी र विनयी त्रिवेणीका हिमलाल ढकाल छनोट भएका छन् ।
भैंसीपालन र गाईपालनतर्फ २६ लाख रहेको छ भने तरकारी खेति १२ लाख, एकीकृत कृषि तथा पशुपालन, बाख्रापालन र बंगुरपालनतर्फ २० लाख, फलफूलखेति ब्यवसायतर्फ १५ लाख, कुखुरापालनतर्फ १८ लाख ६० हजार, कफिचिया मसालबालीमा १० लाख २० हजार, मौरीपालन र च्याउ ब्यवसायतर्फ १० लाख अनुदान छुट्याइएको छ । सो अनुदान रकममा ५० प्रतिशत ब्यवसायीको लगानी रहने गरी सम्झौता गरिएको प्रदेश सरकारले जनाएको छ ।

अनुदान विवरण हेर्नु होस् । 

You might also like
Loading...