कावासोतीमा ६० लाखमा किसानका लागि सभाहल बन्दै

93







नवलपरासी। पूर्वी नवलपरासीको कावासोतीमा ६० लाखमा किसानहरुका लागि सभाहल बन्न शुरु गरेको छ ।
संघीय सरकारको कृषि मन्त्रालयको ४५ लाख र कृषि उपज बजार व्यवस्थापन समितिका १५ लाखको लागतमा भवन निर्माण भईरहेको कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ बस्यालले बताए ।
बस्यालका अनुसार जेठको अन्तिम सातासम्म भवन निर्माण सकिने छ । दुई सयभन्दा किसानहरु अट्न सक्ने गरी सभाहल निर्माण शुरु गरिएको अध्यक्ष बस्यालले बताए ।
कावासोती क्षेत्रमा रहेका कृषक समूह, कृषि सहकारी लगायतका कृषि सम्बन्धी कार्यक्रम गर्नका लागि हल निर्माण थालिएको बस्यालले बताए ।
कृषि उपज बजार व्यवस्थापन समिति कावासोतीले कावासोतीमा हाट बजार सञ्चालन गरेको छ भने किसानहरुलाई व्यवसायिक किसान बनाउनका लागि थोक तथा खुद्रा तरकारी पसलहरु पनि सञ्चालनमा ल्याएको छ ।

You might also like
Loading...