सुनवलमा भएको दुर्घटनामा एक जनाको मृत्यु

95







सुनवल । पश्चिम नवलपरासीको नदवामा ओभरटेक गर्ने क्रममा मोटरसाइकलले मोटरसाइकललाई नै ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पश्चिम नवलपरासीले दिएको जानकारी अनुसार सोमबार दिउसो १ बजेको समयमा पुर्वपश्चिम राजमार्ग अन्र्तगत जिल्लाको सुनवल नगरपालिका वडा नम्बर ३ स्थित नदवा भन्ने स्थानमा पश्चिमबाट पुर्व जादै गरेको बा ९१ प ३१८१ नम्बरको मोटरसाकलले सोही दिशाबाट पुर्व जादै गरेको अर्को लु १४ प ३९५४ नम्बरको मोटरसाकललाई ओभरटेक गर्ने क्रममा ठक्कर दिएको हो ।
मोटरसाइकल दुर्घटनामा परि घाइते भएका लु १४ प ३९५४ नम्बरको मोटरसाकल चालक सुनवल ३ किर्तिपुर बस्ने बर्ष ५० का देवप्रसाद गुरुङ्गलाई उपचारको लागी रुपन्देहीको देवदेह मेडिकल कलेज लगिएकोमा त्यहाँ उपचचार सम्भव नभएपछी थप उपचारको लागि लुम्बिनी सिटी अस्पताल बुटवलमा लैजादा अस्पतालले गुरुङ्गलाई मृत घोषणा गरेको हो ।
ठक्कर दिने मोटरसाइकल र मोटरसाइकल चालक गुल्मी घर भई काठमाण्डौ बस्ने बर्ष १९ का गोपाल घिमिरेलाई ईलाका प्रहरी कार्यालय सुनवलले आफ्नोे नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै पूर्वी नवलपरासीको कावासोतीमा बसको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ३९०६ नम्बरको बसले ना ३१ प ८०९७ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटी चालक नवलपुरको देवचुली नगरपालिका १३ दलदले बस्ने २८ वर्षीय कृष्णप्रसाद भुर्तेल घाइते भएका हुन् ।
गम्भीर घाइते भुर्तेलको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

You might also like
Loading...