भारतमा ‘लोकप्रिय’ भिडियो एप टिकटक ब्लक


भारतमा लोकप्रिय भिडियो एप टिकटक ब्लक गरिएको छ । भारतमा अब आफ्नो मोबाइलमा यो एप हुनेहरुले टिकटक प्रयोग गर्न सक्ने छन् भने नयाँ प्रयोगकर्ताहरुले यो एप प्रयोग गर्न सक्ने छैनन् ।




भारत सरकारको आग्रहमा एप्पल र गुगलले प्ले स्टोरबाट टिकटक एपलाई हटाइदिएकाले नयाँ प्रयोगकर्ताहरुले डाउनलोड गर्न सक्ने छैनन् ।

यो एपले भारतमा पोर्नोग्राफीलाई बढावा दिइरहेको मद्रास उच्च अदालतको जिकिरपछि सूचना तथा प्रविधि मन्त्रालयले गुगल र एप्पललाई प्ले स्टोरबाट टिकटक हटाउन अनुरोध ग‍रेको थियो । उता, मद्रास उच्च अदालतको आदेशविरुद्ध एपका मालिक चिनियाँ कम्पनी बाइटडान्सले सर्वोच्चमा पुनरावेदन गरेका थिए । सर्वोच्चले उच्च अदालतको आदेश सदर ग‍रेपछि भारत सरकारले एप्पल र गुगलसमक्ष प्ले स्टोरबाट टिकटक एपलाई पत्राचार गरेको थियो ।




भारतमा विशेषगरी युवतीहरुलाई यो एपले आकर्षित गरिरहेको थियो । भारतमा टिकटकका १२ करोडभन्दा बढि प्रयोगकर्ता छन् । विश्वभर टिकटकका ५० करोडभन्दा बढि प्रयोगकर्ता छन् ।




सम्बन्धित
Loading...