आज विप्लवको नेपाल बन्द, ठाउँठाउँमा विस्फोट, कार्यकर्ता पक्राउ

162







नवलपुर । सरकारले विप्वल नेतृत्वको नेकपा माथि लगाएको प्रतिबन्ध फुकुवा लगायतका माग राख्दै आज विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द गरेको छ ।
बन्दको प्रभाव विहानैदेखि गरेको छ । सडकामा निक्कै कम मात्रामा सवारी साधन चलेको छ ।

अरुणखोलामा राँके जुलुस निकाल्दै गरेको विप्लवका कार्यकर्ता पक्राउ

यसैबीच बैशाख ५ गते विहीबारको बन्दलाई लक्षित गरी विप्लव नेतृत्वको नेकपाले पूर्वी नवलपरासीको देवचुलीमा रहेको चौधरी उद्योग अगाडि बम विस्फोट गराएको थियो ।
बुधबार साँझ भएको शक्तिशाली विस्फोटबाट मानवीय क्षति नभएपनि आवाज पनि निक्कै ठूलो रहेको स्थानीयले बताएका छन् ।
त्यसैगरी बीच नवलपुर प्रहरीले पूर्वी नवलपरासीको अरुणखोलाबाट विप्लव नेकपाका कार्यकर्तालाई पक्राउ गरेको छ ।
प्रहरीले नेकपाका जिल्ला सदस्य पुरुषोत्तम रेग्मीलाई अरुणखोलाको बाहुनी कुनाबाट पक्राउ गरेको हो ।

बन्दलाई लक्षित गरी नवलपुरको चौधरी उद्योग अगाडि बम बिस्फोट

You might also like
Loading...