धुलोसहितको आँधीबाट ३५ जनाको मृत्यु


नयाँ दिल्ली । भारतको विभिन्न राज्यमा बेमौसमको वर्षापछि आएको धुलोसहितको आँधीमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चाारमाध्यमका अनुसार राजस्थान राज्यमा परेको चट्याङका कारण चार बालबालिकासहित ११ जनाको मृत्यु भएको छ ।




त्यसैगरी, पश्चिम राज्य गुजरातको कैयाैं जिल्लामा आएको धुलोसहितको आँधीमा परी कम्तीका नौ जनाको मृत्यु भएको छ । भारतको गुजरात र अहमदावाद राजकोट, पटनालगायत अन्य कैयौं जिल्ला यस आँधीका कारण प्रभावित भएका छन् ।

बेमौसमी वर्षा र आँधीका कारण मध्यप्रदेश र राजस्थानका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरेका छन् ।




प्रकोपमा परी ज्यान गुमाउने व्यक्तिका परिवारलाई क्षतिपूर्तिस्वरूप २ लाख र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ राष्ट्रिय कोषबाट तत्काल उपलब्ध गराइने प्रधानमन्त्री मोदीले प्रतिबद्धता जनाएका छन् ।




सम्बन्धित
Loading...