पाल्पामा वम विस्फोट, प्रतिक्षालय र गाउँपालिकाको भवनमा क्षति


पाल्पा : रिब्दीकोट गाउँपालिकाको कार्यालय परिसरमा बुधबार राति वम विष्फोट भएको छ। राती २ बजेको समयमा गाउँपालिकाको भवनमा बम बिस्फोट भएको हो ।




बम बिस्फोट हुँदा गाउँपालिकाको छानो, कार्यालयका झ्याल, ढोकाका सिसा र कम्प्युटरमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष नारायण जिसीले जानकारी दिए ।

पूर्वपश्चिम लोकमार्गलाई लक्षित गरी ठाउँठाउँमा शंकास्पद वस्तु




कार्यालय नजिकै रहेको सेवाग्राही बस्ने प्रतिक्षालयमा वम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले बताए।गाउँपालिकामा बम विष्फोट भएपछि स्थानीय त्रसित भएका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताए।

आज विप्लवको नेपाल बन्द, ठाउँठाउँमा विस्फोट, कार्यकर्ता पक्राउ




सम्बन्धित
Loading...