दाङ्गकाे तुलसीपुर हायसमा आगजनी


दाङ, ६ बैशाख ।
दाङमा अज्ञात समुहले रोकिराखेको हायस गाडिमा आगजनी गरेको छ ।




तुलसीपुर अमिलिया सडक खण्डमा रोकि राखेको बा ३ ख ८५९३ नम्बरको गाडिमा अज्ञात समुले आगजनी गरेको प्रहरीले जानकारी दिएको छ ।

विग्रिएर जंगलमा रोकि राखेको उक्त हायसलाई विहीवार राति अज्ञात समुहले आगजनी गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।




दाङको तुलसीपुर बाट नेपालगञ्ज तर्फ जाँदै गरेको उक्त गाडि विग्रिएपछि बेलुका ८ बजेतिर बीच जंगलमै पार्किङ गरेर राखिएको थियो ।

गाडिमा विहीवार मध्यराततिर आगजी भएको प्रहरीले अनुमान गरेको छ । ईलाका तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले घटनावारे अनुसन्धान भइरहेको जानकारी दिए ।




सम्बन्धित
Loading...