नेकपाः पूर्वी नवलपरासीमा गाहा पश्चिममा तिवारी

104







नवलपरासी, १० बैशाख ।
सत्तारुढ दल नेकपाको जिल्ला नेतृत्व भागबण्डामा टुंग्याउँदा पूर्वी नवलपरासीमा रोशनबहादुर गाहा र पश्चिम नवलपरासीमा भविश्वर तिवारीले अध्यक्षको जिम्मेवारी पाएका छन् ।
यस अघि पश्चिम नवलपरासीमा घनश्याम यादवले अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए । यादव पनि तत्कालिन माओवादी केन्द्रका हुन भने भविश्वर तिवारी पनि माओवादी केन्द्र कै हुन् । सोमबार केही समय पश्चिम नवलपरासीको अध्यक्षमा राजु हरिजनको नाम एकाएक चर्चामा आएको थियो ।
पूर्वी नवलपरासीको अध्यक्षको जिम्मेवारी पाएका गाहा केही समय एमालेका जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । उनी हाल गण्डकी प्रदेश सभाका सदस्य पनि हुन् ।
त्यस्तै पूर्वी नवलपरासीको सचिवमा मित्रशरण शर्मा विहानीले जिम्मेवारी पाएका छन् । उनी प्रचण्ड पक्षधर हुन् । यस अघि बादल पक्षधर सुष्मा खनालको नाम सचिवमा व्यापक चर्चामा थियो भने सोमबारसम्म सुष्मा खनाललाई नै सचिवको जिम्मेवारी प्रदान गरिएको भन्दै व्यापाक चर्चा चलेको थियो ।
त्यसैगरी पश्चिम नवलपरासीमा तुलसी पासीले सचिवको जिम्मेवारी पाएका छन् ।

You might also like
Loading...