हिंसामुक्त वडाको घोषणा औपचारिकतामा सिमित

84







नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको वडा नम्बर ७ हिंसा मुक्त वडा घोषणा भएको छ । वडा अध्यक्ष ध्रुव थारुले आफ्नो वडा हिंसा मुक्त भएको घोषणा गरेका हुन । वडालाई हिंसा मु्क्त घोषणा गर्दा नगरपालिका भने बेखबर रहेको छ । वडालाई हिंसा मुक्त बनाउनका लागि ईक्वेल एक्सेसले विगत १४ महिना देखि विभिन्न कार्यक्रम संचालन गर्दै आएको थियो । वडालाई ४ वटा सुचक तोकेको भनिए पनि घोषणा कार्यक्रममा सुचकको बारेमा जानकारीनै दिईएन ।

बडालाई हिसां मुक्त घोषणा गरिएपनि निर्धारित सुचकको आधारमा पर्याप्त उपलब्धी हेर्दा अध्यक्ष थारु आफै सन्तुष्ट छैनन् । अधिकांश घर धुरीमा निर्धारित सुचक पुरा भएको र करिव ९० प्रतिशत प्रगति देखिएको भन्दै हिंसा मुक्त वडा घोषणा गर्दै गर्दा वडा भित्र अहिले करिव २० देखि २५ प्रतिशत मात्र प्रगति देखिएकोले घोषणालाई ब्यबहारीक रुपमा उतार्न निकै चुनौती रहेको अध्यक्ष थारुले बताए ।

ईक्वेल एक्सेसकै तर्फ बाट सहजकर्ताको रुपमा वडामा काम गरीरहेकी ईन्द्रावती गुरुङ्गले स्थानियले घरमा झण्डा राखेको र सुचक पुरा भएको स्टिकर टोसकेको आधारमा घोषणा गरेको बताईन । घोषणा गर्ने दिन सम्म अधिकांसको घरमा स्टिगर र झण्डा हटिसकेको छ । सुचक पुरा भएको आधार के हो र सुचकको मापन कसरी गरियो भनेर जीज्ञासा साख्दा गुरुङ आफै दोधारमा परिन । कतिवेला ९० प्रतिशत पुरा भएको त कतिवेला आधा आधि मात्र पुरा भएको बताउथिन ।

यती सम्मकी हिंसा मुक्त गर्नका लागि कति बजेट लगानी भएको छ भन्ने सम्म पनि स्वयम अभियानमा जुटीरहेका हरुनै अनविज्ञ थिए । संचार कर्मीहरुले असिभयान सुरु भए देखि अहिले सम्म कति बजेट खर्च भएको छ भनी जीज्ञासा राख्दा बताउन नमिल्ने आयोजकको जवाफ थियो । हिंसामुक्त अभियानमा सहयोग गरेको भन्दै सम्मानका लागि आमन्त्रण गरेकाहरु अधिकांस कार्यक्रममा अनुपस्थित देखिन्थे । कतिपयले हचुवाको भरमा घोषणा गरेको समेत बताएकाछन् । कार्यक्रममा आयोजक पक्षले नत कुनै प्रतिबेदन प्रस्तुत गरेको थियो नत तथ्याङ्कनै सार्वजनिक गरेको थियो ।

नगर भित्रको एउटा वडा हिंसमा मुक्त वडा घोषणा भैरहदा नगपालिकालाई भने कुनै जानकारीनै नभएको नगर प्रमुख धिरज शर्मा बस्यालले बताए । हिंसा आफैमा जटिल विषय भएकोले हचुवाको भरमा र हतारमा घोषणा गर्दा कार्यान्वयन पक्षमा जटिलता हुन सक्ने शर्माको भनाई छ ।

कार्यक्रममा प्रमुख अतिथि रहनुभएकी बर्दघाट नगरपालिकाकी उप प्रमुख माया पौडेलले आफुलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएकोले कार्यक्रममा समावेश भएको तर नगर भित्रको एउटा वडा हिंसा मुक्त वडा घोषणा हुंदा विगत १४ महिना देखि कार्यक्रम केकसरी संचालन भैरहेको थियो र उपलब्धीको मापन करी गरिएको भन्ने विषयमा आफु पनी जानकार नरहेको बताईन । कार्यक्रममा प्रतिवेदन र तथ्याङ्क प्रस्तुत नहुंदा घोषणा कार्यक्रम औपचारिकतामा सिमित भएको जस्तो देखिएको पौडेलको भनाई छ ।

You might also like
Loading...