को हुन् यी हट सेलिब्रेटी ?


उनलाई ‘वाटर बेवी’ भन्न थालिएको छ । कारण, धेरैजसो समय उनी स्विमिङ पुल वा समुन्द्री किनारमा बिताइरहेका देखिन्छन् । साथै उनका अधिकांश फोटो विकिनीमा हुन्छ ।




उनले कुनै फिल्म खेलेकी छैनन् । न त फिल्म खेल्ने चर्चा नै छ । यद्यपी उनी यसै चर्चामा छिन् । अतः त्यसको कारण हो, उनको हट गेटअप ।

उनी अभिनेता चंकी पान्डेकी भतिजी हुन् । चंकी पान्डे, जसले दर्जनौ फिल्ममा काम गरिसकेका छन् । पछिल्लो समय उनी हाउसफुल शृंखलामा निरन्तर देखिदैछन् ।


त्यसो त चंकी पान्डेकी छोरी पनि पिताकै पदचाप पच्छ्याउँदै बलिउडमा प्रवेश गरेकी छिन् । उनको नाम, अनन्या । उनी धर्म प्रोडक्सनको ब्यानरमा बनिरहेको फिल्म ‘स्टूडेन्ट अफ द ईयर-२’बाट धमकेदार इन्ट्री गर्दैछिन् ।

अनन्या यता बलिउड डेब्यु गरेर चर्चामा छाइरहँदा उनकी काकाकी छोरी अलाना भने बोल्ड तस्वीरको कारण दुनियाको ध्यान खिच्दैछिन् । अलाना अन्य स्टार किड्स जस्तै धेरै लाइमलाइटमा त छैनन्, तर शोसल मिडियामा उनले एउटा जमातलाई कब्जा गरेकी छिन् । अलानाको इन्स्टाग्राममा ४९३ हजार फलोअर्स छन् ।

खासगरी आफ्नो कामुक हाउभाउ सहितको तस्वीर उनी नियमितजसो पोस्ट गरिरहेकी हुन्छिन् । यस्तै बेलाबखत बलिउड इभेन्टमा पनि उनी देखापर्ने गरेकी छिन् । यस्ता इभेन्टमा पनि उनको पहिरनबारे चर्चा हुनेगर्छ ।

अलाना लन्डन कलेज अफ फेसनमा अध्ययन गर्दैछिन् । उनको स्टाइल देखेरै उनको फेसन च्वाइसबारे अनुमान गर्न सकिन्छ । उनको उमेर २२ बर्षको भयो ।




सम्बन्धित
Loading...