काठमाडौंमा एकाबिहानै शक्तिशाली भूकम्प

58







काठमाडौँमा आज बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । करिब साढे ६ बजे भूकम्पको धक्का महसुस गरिएको हो । त्यसको झण्डै १५ मिनेटपछि अर्काे झट्का गएको थियो । धादिङको नौबिसेलाई केन्द्रविन्दु बनाएर बुधबार विहानै भूकम्प गएको छ । भूकम्पका कारण काठमाडौंबासी सडकमा निस्किएका छन् ।

भूकम्प मापन केन्द्रकाअनुसार विहान ६ बजेर २९ मिनेटमा ५.२ रेक्टरको भूकम्प गएको हो । त्यसको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको अर्को पराकम्प गएको छ ।

बुधवार बिहान अाएकाे भूकम्पकाे केन्द्रबिन्दु धादिङकाे नाैबिसे रहेकाे भूकम्प मापन केन्द्रले जनाएकाे छ । बिहान ६ बजेर २९ मिनेट जाँदा ५.२ रेक्टरकाे भूकम्प गएकाे थियाे । ११ मिनेटपछि ४.३ रेक्टरस्केलकाे पराकम्प गएकाे थियाे ।

१२ वैशाख २०७२ मा गएकाे  विनाशकारी भूकम्पपछि लगातार पराकम्पन अाउने क्रम जारी छ ।

You might also like
Loading...