नवलपरासीमा भुकम्पः तीन गुणा बढी गुनासो

68







रामकुमार श्रेष्ठ
नवलपरासी, १२ बैशाख ।
नेपालमा २०७२ साल बैशाख १२ गतेको महाविनासकारी महाभुकम्प गएको ४ बर्ष पुरा भएको छ । यो बीचमा देश भर ३० प्रतिशत पुननिर्माणको काम सकिएको छ भने नवलपरासीमा ६० प्रतिशत सकिएको छ तथापि नवलपरासीमा भने भुकम्प प्रभावित भनेर यकिन गरिएका भन्दा तीन गुणा बढीले आफूहरु भुकम्प प्रभावित भएको भनेर गुनासो गरेका छन् ।
पूर्वी र पश्चिम नवलपरासीमा गरी ८ सय ७२ घरधुरी भुकम्प प्रभावित भनेर यकिन गरी प्रभावितहरुका लागि नीजि निवास बनाउन शुरु गरेको हो । पुननिर्माणको काम अन्तिम चरणमा पुगेको र करिब ६० प्रतिशत पुननिर्माणको काम सकिएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई नवलपुरका प्रमुख राजेन्द्र कार्कीले बताए ।
त्यस्तै नवलपरासीमा महाभुकम्पबाट २ सय ८ वटा विद्यालयमा क्षति पुगेका थिए । ती विद्यालयहरुमा पनि गत बर्षदेखि पुननिर्माणको काम शुरु भएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाले विहीबार मात्रै नवलपुरका ३ वटा विद्यालय पुननिर्माण गरी हस्तान्तरण गरेको छ ।
बाँकी रहेका विद्यालय अर्को बर्ष पुननिर्माण गरिने जनाइएको छ ।
नवलपरासीमा भुकम्पका कारण सबैभन्दा बढी देवचुली नगरपालिकाको कृतिपुरमा क्षति भएको थियो । नवलपरासीमा ८ सय ७२ घरलाई भुकम्प पीडित भनेर यकिन गरिए पनि अहिले पुन गुनासोको दर्ताका लागि सूचना जारी दुई हजार ५ सय बढीको गुनासो आएको कार्कीले बताए ।
ति मध्य गर्दा १ हजार ३ सय बढीको गुनासोको आधारमा सर्वेक्षण गरिसकेको र गुनासो आएका सबैकोमा सर्वेक्षण गर्दा भुकम्प प्रभावित भनेर अझ एक हजारदेखि बाह्रसय सम्म थपिन सक्ने सम्भावना रहेको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई नवलपुरका प्रमुख राजेन्द्र कार्कीले बताए ।
भुकम्प गएको चार बर्षसम्म कतिपयले घर पुननिर्माण गर्न नसकी भत्किएकै घरमा जोखिमपूर्ण अवस्थामा रहेका छन् भने कतिपयले आफ्नै खर्चमा घर (नीजि) आवास पुननिर्माण गरेर बसेका छन् ।

You might also like
Loading...