कावासोतीको जीवन ज्योति माविमा विद्युतीय हाजिरी

56







कावासोती । सूचना प्रविधि तथा विज्ञानको बढ्दो प्रयोगसँगै अहिले सरकारी कार्यालयदेखि विद्यालय तथा नीजि कार्यालयहरुमा पनि विद्युतीय हाजिरी राखिने प्रचलन बढेको छ ।
यसैक्रममा कावासोती ३ मा रहेको जीवन ज्योति माविमा पनि विद्युतीय हाजिरी राखिएको छ । बढ्दो आधुनिकिरणसँगै यसले शिक्षक तथा कर्मचारीहरुमा समयको ख्याल गर्ने बानीको विकास गराउने भएकोले विद्युतीय हाजिरी राखिएको विद्यालयका प्रधानाध्यापक सुमित्रा लम्सालले बताए ।
जीवन ज्योति माविमा हालसालै १० कोठे पक्की भवन निर्माण भएको छ । त्यसैगरी छात्रामैत्री शौचालयदेखि विद्यार्थीको सुरक्षाका लागि वालकम्पाण्ड पनि निर्माण गरिएको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रामकुमार श्रेष्ठले बताए ।
त्यसैगरी जीवन ज्योति माविमा यसैबर्ष कम्प्युटर ल्याव र विज्ञान प्रयोगशाला निर्माणको काम भईरहेको छ भने गत शैक्षिक सत्रमा विद्यार्थीहरुका लागि छुट्टै कोठामा पुस्तकलाय समेत निर्माण गरिएको छ । त्यसैगरी विद्यालय हाता भित्रै खाजा घर पनि सञ्चालनमा ल्याएको छ।
नवलपरासीमा कतिपय सामुदायिक विद्यालयहरुमा यस बर्ष धमाधम विद्युतीय हारिजी राखिएको छ ।

 

You might also like
Loading...