नेविसंघको नाममा दिव्यज्योति क्याम्पसमा तोडफोड

67







बर्दघाट । बर्दघाट नगरपालिका वडा नम्बर २ मा रहेको दिब्यज्योती वहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले तोडफोड गरेको छ ।
स्वतन्त्र विद्यार्थी यूनियनले आयोजना गरेको नयां बर्षको शुभकामना आदानप्रदान तथा स्नातक चौथो बर्षका विद्यार्थीलाई विदाई कार्यक्रम गरिरहदा आफ्नो संगठनलाई नबोलाएको भन्दै नेविसंघका विद्यार्थीहरुले कार्यक्रम स्थलमा प्रवेश गरी साउण्ड सिस्टम तथा कुर्सी तोडफोड गरेका हुन ।
स्ववियू सभापती प्रकाश पाण्डेले सवै विद्यार्थी हरुको साझा संस्था स्ववियू रहेको भन्दै कुनै पनि संगठनलाई सांगठनिक रुपमा नबोलाईएकोले नेपाल विद्यार्थी संघले कार्यक्रम स्थलमा पुगेर साउण्ड सिस्टम र कुर्सी तोड फोड गर्नु निन्दनीय भएको बताएका छन् । विद्याथीहरुद्वारा निर्वाचित स्ववियूको कमिटी भएकोले कुनै पनि संगठनले विरोध गर्न नहुने भन्दै तोडफोडले सिङ्गो क्याम्पस माथीनै प्रहार भएको सभापति पाण्डेले बताए । पाण्डेले नेविसंघ भित्रको आन्तरिक कलहका कारण स्ववियूमाथी आक्रमण हुनु दुखद भएको बताए ।
दिव्यज्योती बहुमुखीमा नेपाल विद्यार्थी संघका दुईवटा संगठन रहेका छन् । दुवं संगठनले एक अर्कामा आधिकारीक रहेको बताउदै आएका छन् । नेवीसंघको एउटा खेमा मनिष अधिकारीले नेतृत्व गरेका छन् भने अर्को खेमा कमल बस्यालले नेतृत्व गरेका छन् । दुवै जनाले आ आफुले नेतृत्व गरेको ईकाई नै आधिकारीक रहेको बताउदै आएका छन् ।

नेवीसंघमा किचलो भएकै कारण स्ववियूले कुनै संगठनलाई आमन्त्रण नगरी कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा आफ्नो संगठनलाई नवोलाईएको भन्दै मनिष अधिकारीको नेतृत्वमा रहेको नेविसंघका विद्यार्थीहरुले तोडफोड गरेका हुन । तोडफोडको कमल बस्यालले नेतृत्व गरेको नेवीसंघले समेत आपत्ति जनाएको छ । बस्यालले स्ववियू साझा संस्था भएकोले कुनै पनि संगठनले त्यसमाथी प्रहार गर्नु निन्धनिय भएको बताए । उनले नेवीसंघ भित्रको आन्तरिक कलहका कारण स्ववियूको कार्यक्रममा तोडफोड हुनु दुखद भएको बताए । साउण्डसिस्टम र कुर्सी तोफोड हुंदा क्याम्पसलाइ समेत क्षति भएको भन्दै बस्यालले सवै विद्यार्थीमाथीनै प्रहार भएको र यस्ता खालका गतिविधिले संगठन संग संगै क्याम्पसको छवी समेत खराब हुने भएकोले त्यस तर्फ गम्भिर हुनुपर्ने बताए ।

स्ववियू सचिव केदार चौधरीले सवै विद्यार्थीले मतदान गरी निर्माण गरेको बर्तमान कमिटि अर्को स्वियू निर्वाचन नहुंदा सम्म आधिकारीक नै हुने भएकोले सम्पूर्ण विद्यार्थीहरुको हक हितका लागि काम गर्ने बताए । चौधरीले तोडफोडको घटनाले सम्पूर्ण विद्यार्थीहरुमा नकारात्मक सन्देश गएको बताए ।
तोडफोडको समयमा आफु कार्यक्रम स्थलमा नभएको ईकाई सभापति मनिष अधिकारीले बताएका छन् तर स्ववियू सभापती पाण्डेले भने अधिकारी कार्यक्रम स्थलमै रहेको दावी गरका छन् ।

त्यसैगरी ईकाई

सभापति मनिष अधिकारीले स्ववियूले एकलोटी गरेको, २०६६ सालदेखि अहिलेसम्मको बजेट समेत सार्वजनिक नगरी आर्थिक अनियमितता गरेको, अनेरास्ववियूको सदस्यभएमा मात्र छात्रवृत्ति उपलब्ध गराउने भन्दै प्रलोभनमा पार्ने गरेको, ब्याकमेलीङ्ग गर्ने गरेको,  सागठनिक अस्तित्वलाई बाईपास गर्ने गरेको कारण नेविसंघका विद्यार्थीहरुले स्वस्फुर्त रुपमा स्ववियूको कार्यक्रमको विरोधमा उत्रिएको बताए ।

You might also like
Loading...