गैडाकोटमा दिनको २ पटक लोडसेडिङ

56







गैडाकोट । गैडाकोटमा दिनको २ पटक लोडसेडिङ भएको छ । बैशाख १३ गते शुक्रबारदेखि १ हप्ता लोडसेडिङ भैरहेको गैडाकोट विद्युत प्राधिकरण शाखाले जनाएको छ ।
शाखा प्रमुख सुजन रिजालका अनुसार भरतपुर सवस्टेशन रहेको १५ एमभिए, १३२र ११ केभि पावर ट्रान्सफर्मर बद्ली गर्ने कार्य भैरहेकोले सो सवस्टेशनबाट गैडाकोट क्षेत्रमा लाइन वितरण हुने स्थानमा लोडसेडिङ गरिएको हो ।
अहिले साविक गैडाकोट वार्ड १ देखि ९ सम्म लोडसेडिङ भैरहेको छ । लोडसेडिङ पछि विद्युत प्रसार हुदा एकै पटक बढि भार परेका कारण बेला बेलामा विद्युत काटिरहेको रिजालले बताउनुभयो । भेडावारि एरियामा बढि लोडका कारण नियमित विद्युत प्रसारण हुन नसकेको रिजालले जानकारी दिनुभयो ।
अहिले मुकुन्दपुरबाट लाइन ल्याई वितरण गर्ने तयारीमा प्राविधिकहरु लागिरहेको गैडाकोट विद्युत प्रसारण शाखाले जनाएको छ । पावर ट्रान्सफर्मर जडान पछाडि लिने लोडको आधारमा विद्युत वितरण तालिका परिवर्तन समेत हुन सक्ने भरतपुर वितरण केन्द्रले जनाएको छ ।

You might also like
Loading...