एशियाली क्रिकेट; उपाधिका लागि नेपाल मलेसियासँग खेल्दै

89







नेपालले एसीसी यू-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

थाइल्यान्डको चियाङमाइमा नेपालले मलेसियासँग उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समयअनुसार विहान ९ बजेर १९ मिनेटमा सुरु हुनेछ ।

नेपाली यू १६ टोली एशियाली क्रिकेटको फाइनलमा

 

मलेसियालाई पराजित गर्दै डिफेन्डिङ च्याम्पियन समेत रहेको नेपाल यो पटक पनि उपाधि आफ्नै कब्जामा राख्ने लक्ष्यमा छ । यता, मलेसिया पनि नेपाललाई पराजित गर्दै उपाधि जित्ने लक्ष्यमा छ ।

त्यसो त, नेपाल समूह चरणको जितलाई निरन्तरता दिने लक्ष्यमा छ भने मलेसिया समूह चरणको हारको बदला लिने दाउमा छ । नेपालले मलेसियालाई समूह चरणमा ३९ रनले पराजित गरेको थियो ।

You might also like
Loading...