हेलिकोप्टरसहितको चिकित्सक टोली हुम्लाको रोग प्रभावित क्षेत्रमा

114







हुम्ला । अज्ञात रोगका कारण ९ जनाको मृत्यु भएको हुम्लाको ताजाकोट गाउँपालिकामा हेलिकोप्टरसहित औषधि लिएर चिकित्सकको टोली पुगेको छ ।

प्रदेश सरकारको पहलमा हेलिकोप्टरमार्फत औषधिसहितको चिकित्सक टोली प्रभावित क्षेत्र पुगेको कर्णालीका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए ।

सुर्खेतबाट हेलिकप्टरमा औषधिसमेत लिएर गएको चिकित्सकको टोलीलले बिरामीको अवस्था हेरेर उद्धारको काम गर्ने छ । ताजाकोटमा बिरामीलाई औषधि र रोग फैलिन नदिनका लागि प्रदेश सरकार लागिपरेको उनको भनाइ छ ।

हरेक वर्ष हुम्लाका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा औषधि अभाव हुनाका साथै स्वास्थ्यकर्मीसमेत नियमित स्वाथ्यचौकीमा नभेटिँदा समस्या भएको स्थानीय बासिन्दाको गुनासो छ । रासस

You might also like
Loading...