नेपालमा चिनियाँले घरबाट टाढिएको महसुस गर्ने छैनन् : राष्ट्रपति भण्डारी


चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बिहान नेपाल–चीन आर्थिक तथा व्यापार मञ्चलाई सम्बोधन गरेकी छिन् ।सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले नेपालमा लगानीको उत्साहजनक वातावरण रहेको जानकारी दिँदै चिनियाँ उद्यमीलाई यसको उपयोग गर्न आग्रह गरिन ।




भूगोल साँस्कृति र परम्पराले जोडेको चीन र नेपालको मित्रता र सहयोग लामो समयदेखि रहँदै आएको राष्ट्रिपति भण्डारीले स्मरण गरिन ।  एकचीन नीतिप्रति नेपाल प्रतिवद्ध रहेको र नेपालमा चीनविरोधी गतिवधि हुन नदिन ठोस कदम चालिएको उनले जानकारी गराइन् । नेपालमा संविधान निर्माणमार्फत राजनीतिक स्थायित्व सुरक्षित गरिएको जानकारी दिँदै उनले अहिलेको सरकार स्थीर र बलियो भएको धारणा व्यक्त गरिन।

जनताका उर्लादाँ आकांक्षालाई सम्बोधन गर्न सरकार द्रुत गतिमा लागिरहको उनले सम्बोधनमा भनेकी छिन् । बीआरआईमार्फत नेपालमा लगानीको ढोका खोलेको र स्थायीत्वतर्फ अघि बढेको नेपालमा लगानीको प्रशस्त सम्भावना भएकाले त्यसलाई उपयोग गर्न चिनियाँ उद्यमीलाई आग्रह गरिन।


नेपालका नीति कानुनहरु लगानी मैत्री रहेको नेपालमा रहेका बहुराष्ट्रिय कम्पनीहरुले राम्रो मुनाफा कमाई रहेको जानकारी दिइन् । ‘नेपाल चिनियाँ लागनीलाई स्वागत गर्न तयार रहेको भन्दै उनले चिनियाँ लगानी सहजीकरण गर्नु नेपालको उच्च प्राथमिकता रहेको बताइन् ।




सम्बन्धित
Loading...