चितवन मेडिकल कलेजको चरम लापरवाहीः ९ महिने बालकलाई २ बर्षे भन्दै औषधि चढाएपछि बालकको मृत्यु

77







चितवन । चितवन मेडिकल कलेजमा उपचारमा चरम लापरवाही हुने गरेको भन्दै पीडितका आफन्तले आरोप लगाएका छन् ।
उपचारका क्रममा ९ महिने बालकको मृत्यु भएपछि चितवन मेडिकल कलेज दुई दिनदेखि तनाबग्रस्त भएको छ ।
उपचारमा संलग्न डाक्टर सन्तोष पाठक, नर्स एञ्जीला क्षेत्री र सुष्मा खड्काको चरम लापरवाहीले बालकको मृत्यु भएको बालकका परिवार र आफन्तको ठहर छ ।
गोरखा घर भई हाल चितवनको रत्ननगर नगरपालिका १५ मा बस्दै आएका रुपेस घिमिरेका ९ महिने छोराको मृत्यु भएपछि मृतकका परिवार र आफन्तले अस्पतालमा तोडफोड सम्मका घटनामा उत्रिए ।
मृतक बालकका बुबा रुपेसका अनुसार रगतको रिपोर्ट र विभिन्न रजिस्टरमा समेत ९ महिनाको बच्चालाई २ वर्ष उमेर उल्लेख गरेर अस्पतालले गम्भीर गल्ती गरेको छ । ९ महिनाको बच्चालाई २ वर्षको उमेर उल्लेख गरेर औषधी त्यहि अनुसार दिँदा ओभरडोज भएर बालकको ज्यान गएको परिवारको दावी छ ।
लापरवाही गर्नेलाई कारवाही र पीडितले क्षतिपुर्ति पाउनुपर्ने मृतक बालकका बुबा रुपेसले बताए । मृतकका परिवार, अस्पताल प्रशासन र मजदुर संगठनका प्रतिनीधिविच पटकपटक वार्ता भए पनि सहमति हुनसकेको छैन । रुपेसले आफुहरुलाई क्षतिपुर्ति भन्दा पनि न्याय चाहिएको बताएका छन् ।
परिवारका आफन्तले हातमा हाल्ने सिरिन्ज लोड गरेर लामो समयसम्म बाहिर राख्न नहुनेमा लोड गरेको ४० मिनेट भन्दा धेरै समयपछि मात्रै बच्चालाई हालेको रुपेसको भनाई छ । ‘लोड गरेको धेरै समय बाहिर राख्न नहुने थियो भनेर केहि समयपछि डा सन्तोष पाठकले भनेको सम्झदै रुपेसले भने’, नर्सको गल्तीले बच्चाको ज्यान गयो ।’ सामान्यतय सिरिन्ज लोड गरेपछि तत्कालै प्रयोग गर्नुपर्ने चिकित्सकको भनाई छ ।
यस्तै अस्पतालले रोहित शाहको नाममा औषधि मगाएर बालक रुप्सनलाई दिएको पाइएको छ । बालक रुम्सनको लागी औषधि किन्न बनाइएको विलमा रोहित साह उल्लेख गरिएको छ । बालकका बुबा रुपेसका अनुसार पछि नाम अर्कै रहेको जानकारी गराउँदा पनि नाम मात्रै मिस्टेक भएको हो, औषधि त्यहि हो, भनेकाले त्यहि नाममा ल्याएको औषधि रुप्सनलाई दिइएको थियो ।
मेडिकल कलेजद्वारा परिवारलाई दोष

घटनाबारे चितवन मेडिकल कलेजले शनिवार साँझ प्रेस विज्ञप्ती जारी गर्दै अस्पतालमा भएको तोडफेड प्रति खेद व्यक्त गरेको छ । नौ महिनाको बच्चा रुप्सन घिमिरेलाई चैत २९ गते उपचारका लागि चितवन मेडिकल कलेजमा ल्याएको जनाउँदै बालकको श्वासप्रश्वास सङक्रमण देखिँदा अस्पताललमा भर्ना गरेर राख्न भन्दा परिवारले भर्ना नगरेको विज्ञप्तीमा जनाइएको छ । अस्पतालमा भर्ना गर्नुपर्छ भन्दा अभिभावकले चिकित्सकको सल्लाह नमानेर औषधि मात्रै लिएर बिरामीलाई घरमा लिएर गएको अस्पतालको भनाइ छ ।
बिरामीको अवस्थामा सुधार नआएपछि पुनः चैत ३० गते बिरामीलाई अस्पताललमा ल्याएर वार्डमा भर्ना गरिएको विज्ञप्तीमा उल्लेख छ । उपचारका क्रममा बालकको स्वास्थ्य अवस्था क्रमिक सुधार हुँदै गएकोमा बैशाख २ गते बच्चालाई अचानक ‘एस्पीरेसन’ भइ ‘सडेन क्रेडिक एरेस्ट’ भएको र तत्काल बाल विशेषज्ञद्वारा बालरोग सघन उपचार कक्षमा लगि भेन्टिलेटरमा उपचार गराइएको अस्पतालले जनाएको छ । बाल रोग विशेषज्ञको टोलीले उपचार गर्दै गरेको अवस्थामा अचानक बैशाख १३ गते दिउँसो ४ः१५ बजे ‘ब्रोन्चीओलीस्ट, सेकेन्डरी ब्याक्टेरीयल इन्फेक्सन’लगायतका सङ्क्रमणका कारण बालकको मृत्यु भएको अस्पतालले जनाएको छ ।

You might also like
Loading...