सहकारीलाई मर्च गर्न जोड


नवलपरासी । नेफ्स्कुनका महासचिव चन्द्र प्रसाद ढकालले अहीले सहकारीले स्थानीय स्तरको आर्थिक विकासमा खेलेको भुमिकाको स्रहाना गर्दै सहकारीहरु व्यवस्थित र पारदर्शी तवरले सञ्चालन गर्नु पर्ने बताए ।
जनकल्याण बचत तथा ऋण सहकारीको आयोजना र नेफ्स्कुनको प्राविधिक सहयोगमा शनिवार नवलपरासीमा चौथो कार्यकुशालता तथा सिकाई व्यवस्थापन कार्यशाला समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा उनले स–साना सहकारीहरु यत्रतत्र रहनु भन्दा अव सहकारीले ठूलो रुप लिनु पर्ने र त्यसका लागि सहकारीहरु मर्ज गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष विष्णु प्रसाद पौडेलले सहकारी सहकार्य र सेवामुखी भावनाले सञ्चालनमा रहनु पर्ने बताए ।
वर्कसपमा प्रोवेशन नारायणी क्लष्टर तेस्रोमा रहेका पौरखी सकोस कावासोती, मार्गदर्शन साकोस चितवन, सृर्जनशील सकोस कावासोती, सुपर साकोस बर्दघाट, सुरक्षित साकोस चितवन, इन्द्रग्राम साकोस, लोककल्याणकारी साकोस, सहयात्री साकोस र जनकल्याण साकोसगरी नौ वटा सहकारीहरुका प्रतिनिधिहरु सहभागी रहेका थिए ।
कार्यशालामा नौ वटै सहकारीका प्रतिनिधिहरुले पेश गरेका प्रतिवेदन माथि छलफल भएको थियो । सहभागीहरुबाट आएका जिज्ञासाहरु माथि जवाफ दिंदै कार्यक्रम संयोजक भरत न्यौपानेले सहकारी ऐन २०७४ को बारेका समेत जानकारी गराएका थिए ।
कार्यक्रममा जनकल्याण साकोसका अध्यक्ष डिक बहादुर पाण्डे क्षेत्रीको अध्यक्षता, प्रोवेशन कार्यदलका संयोजक बालिन्द्र विक्रम शााहीको स्वागत रहेको कार्यक्रमको सञ्चालन सचिव दिपक थापाले गरेका थिए ।







सम्बन्धित
Loading...